पिउने पानीको समस्या समाधान गर्ने एमाले उम्मेदवारको प्रतिवद्धता

पाेखरा | कात्तिक ४, २०७९

पिउने पानीको समस्या समाधान गर्ने एमाले उम्मेदवारको प्रतिवद्धता

 

पोखरा । आगामी मंसिर ४ गते हुने निर्वाचनको सरगर्मी बढेको बेला नेकपा एमालेका उम्मेदवारहरु मतदाताको समस्या बुझ्न व्यस्त छन् । यसैक्रममा प्रदेश सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका लागि नेकपा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र न १ (ख)  का प्रत्यासी उम्मेदवार वेदबहादुर गुरुङ्ग (श्याम) र समानुपतिक तर्फ प्रदेशसभा उम्मेदवार नन्दाकला नेपालीले आफूहरु विजय भएर आएपछि पोखरा २८ कालिकाका स्थानियले वर्षौदेखि झेल्दै आएको खानेपानीको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । 


मतादाता भेटघाट कार्यक्रममा उनीहरुले नेकपा एमाले कुरा भन्दा काम गर्ने पाटी भएकोले स्थानियका समस्या समाधानमा आफ्नो पाटी सधैं लाग्ने विश्वास व्यक्त गरे । उनीहरुले कालिकामा गत वर्षमा भए गरेका कामहरुको अनुगमन समेत गरेका छन् भने अधुरा कामहरु आफूहरु निर्वाचित भएर आएपछि पूरा गर्ने वाचा गरेका छन् । यसका लागि मतदाताले सूर्य चिन्हमा मत दिनुहुन आग्रह समेत गरेका छन् । 


आउँदा वर्षमा वडाका समस्या समाधानमा लाग्न एमाले नेता कार्यकतालाई वडावासीले अनुरोध गरेका छन् । भने जनताको दुख सुखको साथी एमाले उम्मेदवारलाई आफुहरुले मत दिने बताएका छन् ।
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्