साझा उम्मेदवारलाई शंका नगरौं: प्रधानमन्त्री देउवा
पाेखरा | कात्तिक ४, २०७९
पोखरा । प्रधानमन्त्री शेरबहादर देउवाले पाँचदलीय गठबन्धनका साझा उम्मेदवारहरुलाई शंका नगर्न निर्देशन दिएका छन् ।
पाँचदलीय गठबन्धन गण्डकी प्रदेशले आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गदैं प्रधानमन्त्री देउवाले आम नेता तथा कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।
उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा पाँचदलीय गठबन्धनबाट आएका साँझा उम्मेदवाहरुलाई टिकठ नपाएको बाहनामा शंका गर्न आवश्यक नरहेको दोहोर्याए ।
‘मंसिर ४ गते हुने निर्वाचनमा टिकट नपाएको बाहनामा गठबन्धनका साझा उम्मेदवारलाई शंका उपशंका गर्ने बन्द गर्नुस्, उनले भने, ‘गठबन्धन आजको आवश्यकता हो । गठबन्धनका नेताहरुलाई शंका गर्ने काम कसैले नगरौं ।’
पाँचदलीय गठबन्धनमा सबै राजनीतिक पार्टी अलगअलग पृष्ठभुमीबाट आएको बताउदै गठबन्धन पछिल्लो समयको आवश्यकता रहेको प्रधानमन्त्री देउवाले धारणा राखे ।
‘सबै राजनीतिक पार्टी अलगअलग पृष्ठभूमिबाट आएको हो तर यो आजको आवश्यकता हो, उनले भने, ‘मलाई गठबन्धनबाट प्रधानमन्त्री बनाउनुभयो यो ठाउँमा भोलि गठबन्धनबाट प्रचण्ड, माधव, रामचन्द्र जोपनि आउनसक्नुहुन्छ ।’
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

