अस्पतालमै पुगेर भेटे श्रीनाथले विद्यालाई
पाेखरा | कात्तिक ५, २०७९
पोखरा : नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं कास्की क्षत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले कास्की निर्वाचन क्षेत्र नं. २ कै प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराईको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
बरालले बुधबार अस्पतालको सघन कक्षमा भट्टराईलाई भटेर स्वास्थ्य अवस्था बुझ्दै स्वास्थ्य लाभको कामना गरेको एकीकृत समाजवादी कास्कीका सचिवालय सदस्य घननाथ सापकोटाले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्य पदका लागि आगामी ४ मंसिरमा हुने निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका लागि श्रीनाथ बराल गठबन्धन दलको तर्फबाट साझा उम्मेदवार हुन् भने, विद्या भट्टराई एमालेको तर्फबाट उम्मेदवार हुन् ।
डेंगु संक्रमण भई पोखरास्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचाररत भट्टराईको स्वास्थ्यमा सुधार भएको अस्पताल श्रोतले जनाएको छ ।
उपचारमा संलग्न अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ सीपी आचार्यले उनको स्वास्थ्य अवस्था सामान्य हुदै गए पनि केही दिन आराम गर्नुपर्ने जानकारी दिएका छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

