लक्की पोखराः मतदान सकियो, वर्षा सुरु भयो

काठमाडाैं | बैशाख ३०, २०७९

लक्की पोखराः मतदान सकियो, वर्षा सुरु भयो

पोखराः स्थानीय तहको निर्वाचन सुरु हुन ३ दिन अघिदेखिनै वर्षा हुने मौसम विभागको अनुमानले पोखरेलीलाई असहज बनाइरहेको थियो ।

 

त्यसैमाथि, देशकै धेरै पानी पर्ने स्थान भएकाले पोखरेलीहरुलाई निर्वाचन बिथोलिने हो कि भन्ने चिन्ता पनि थियो । अझ, सरकारी र जिम्मेवार निकायलाई पनि पीरमा डुुबाएको थियो । 

 

तर, विभिन्न डर र पीरबीच पोखरामा अधिकांश स्थानमा बेलुकी ५ बजेसम्म मौसम अनुकुल रह्यो । मतदान कार्यक्रम सकिएपछि करिब सवा ५ बजेदेखि पोखराको नगर लगायत आसपासमा वर्षा सुरु भएको छ ।

 

मतदान सकिएपनि निर्वाचनमा खटिएका पदाधिकारी र सुरक्षाकर्मीहरुलाई भने मतपेटिका र अन्य कागजात जोगाउन केही सकस परेपनि वर्षाकै कारण कुनैपनि कठिनाई भने नभएको हाम्रा सहकर्मी सुशान्त गाहाले जनाएका छन् । 
 

 

मतदानस्थलमा रिपोर्टिङकैक्रममा रहेका सहकर्मी गाहाको रिपोर्ट अनुसार पोखरा महानगर र जिल्लाका ४ गाउँपालिकामा करिब ७० प्रतिशतमात्रै मत खसेको छ ।

 

त्यस्तै, केही मतदानस्थलमा ५ बजेसम्म लाइनमा रहेका मतदातालाई मतदान गर्न दिइने निर्वाचन आयोगले बताएको उल्लेख गरिएको छ । 
 

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्