लक्की पोखराः मतदान सकियो, वर्षा सुरु भयो
काठमाडाैं | बैशाख ३०, २०७९
पोखराः स्थानीय तहको निर्वाचन सुरु हुन ३ दिन अघिदेखिनै वर्षा हुने मौसम विभागको अनुमानले पोखरेलीलाई असहज बनाइरहेको थियो ।
त्यसैमाथि, देशकै धेरै पानी पर्ने स्थान भएकाले पोखरेलीहरुलाई निर्वाचन बिथोलिने हो कि भन्ने चिन्ता पनि थियो । अझ, सरकारी र जिम्मेवार निकायलाई पनि पीरमा डुुबाएको थियो ।
तर, विभिन्न डर र पीरबीच पोखरामा अधिकांश स्थानमा बेलुकी ५ बजेसम्म मौसम अनुकुल रह्यो । मतदान कार्यक्रम सकिएपछि करिब सवा ५ बजेदेखि पोखराको नगर लगायत आसपासमा वर्षा सुरु भएको छ ।
मतदान सकिएपनि निर्वाचनमा खटिएका पदाधिकारी र सुरक्षाकर्मीहरुलाई भने मतपेटिका र अन्य कागजात जोगाउन केही सकस परेपनि वर्षाकै कारण कुनैपनि कठिनाई भने नभएको हाम्रा सहकर्मी सुशान्त गाहाले जनाएका छन् ।
मतदानस्थलमा रिपोर्टिङकैक्रममा रहेका सहकर्मी गाहाको रिपोर्ट अनुसार पोखरा महानगर र जिल्लाका ४ गाउँपालिकामा करिब ७० प्रतिशतमात्रै मत खसेको छ ।
त्यस्तै, केही मतदानस्थलमा ५ बजेसम्म लाइनमा रहेका मतदातालाई मतदान गर्न दिइने निर्वाचन आयोगले बताएको उल्लेख गरिएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

