प्रत्यक्षतर्फ एक सय सिट जित्ने एमाले अध्यक्ष ओलीको दाबी
झापा | कात्तिक १२, २०७९
तस्बिर फाइल
झापा : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नै एक सय सिट जित्ने दाबी गर्नुभएको छ । उहाँले समानुपातिकतर्फ ५० सिट ल्याएर एकल बहुमत पु¥याउने दाबी गर्नुभयो ।
शुक्रबार गृहजिल्ला झापा आउनुभएका अध्यक्ष ओलीले आज दमकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै भन्नुभयो, “प्रत्यक्षमा कमसेकम एक सय पाँच सिट र समानुपातिकतर्फ ५० सिट एमालेले जित्छ ।”
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओली आज दिनभर झापा क्षेत्र नं ५ मा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी हुँदै अगुवा कार्यकर्तालाई चुनावी गतिविधि बढाउन निर्देशनसमेत दिनुभयो ।
अघिल्लो निर्वाचनको स्मरण गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “अघिल्लो निर्वाचनमा हामीले प्रत्यक्षमा ८० सिट र समानुपातिकमा ४१ सिट जितेका थियौँ तर, दुईतिहाइ बहुमत ल्याउन एक सय ३८ सिट चाहिन्थ्यो । अहिले हामी एक्लै एक सय ५० सिट जित्ने योजनाका साथ अघि बढेका छौँ र जित्छौँ पनि ।”
झापामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ । झापा क्षेत्र नं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा हुनुहुन्छ भने झापा–५ मा ओली उम्मेदवारका रूपमा उभिनुभएको छ । उहाँले आम मतदातालाई झापा–३ मा हलोमा मतदान गर्न र झापा–५ मा सूर्य चिह्नमा मतदान गर्न आग्रहसमेत गर्नुभयो ।
‘रेलको मुआब्जा समस्या समाधान हुन्छ’
यसैबीच एमाले अध्यक्ष ओलीले रेलको मुआब्जा समस्या समाधान हुने बताउनुभएको छ । झापाको दमकमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले पूर्व–पश्चिम रेल आयोजनाका लागि रोक्का गरिएको जग्गाको मुआब्जा समस्या समाधान गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “मुुआब्जा दिएर काम सुरु गर्ने बेलामा सरकार परिवर्तनले असर ग¥यो, समस्या समाधान गरिने छ ।” एमालेसहितको गठबन्धनले देश विकासको मुहार फेर्ने अध्यक्ष ओलीले बताउनुभयो । “आवश्यक पूर्वाधार निर्माणमा विशेष ध्यान दिन्छौँ”, उहाँले भन्नुभयो ।
पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ । कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...
काठमाडौं: राष्ट्रिय सभाका रिक्त १७ सिटकालागि भोलि निर्वाचन हुँदैछ । मतदान भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने निर्वाचन आयोगले जनाएको छ । १८ सिट रिक्...
काठमाडौं: आईसीसीले टी–२० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाउँदै स्कटल्याण्डलाई खेलाउने निर्णय गरेको छ। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई प्रति...

