‘अधिकार सहितको समृद्धिका लागि उम्मेदवारी’: विद्या भट्टराई
पाेखरा | कात्तिक १५, २०७९
पोखरा : नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले अधिकार सहितको समृद्धिका लागि आप्mनो उम्मेदवारी भएको बताएकी छन् ।
अखिल नेपाल महिला संघ क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटीद्धारा मंगलवार पोखरामा आयोजित महिला भेलामा बोल्दै उनले सभ्य र समृद्ध समाज निर्माण पहिलो प्राथमिकता भएको बताईन् ।
अनेमसंघको अगुवाईमा मुलुकमा महिला अधिकार स्थापित भएको बताउँदै थप अधिकार प्राप्तिका लागि आगामी मंसीर ४ गते हुने निर्वाचनमा नेकपा एमालेलाई विजय गराउँनु पर्नेमा उनको जोड छ ।
उनले मुलुकमा दिनप्रतिदिन बढ्दै गएको साइवर अपराध रोक्नका लागि आप्mनो तर्पmबाट सक्दो भूभिका निर्वाह गर्ने बताईन् ।
डेंगु संक्रमणलाई जित्न सफल उम्मेदवार भट्टाईले घर व्यस्थित तवरले सञ्चालन गर्ने महिलाहरु अवसर पाएमा मुलुक चलाउन पनि सक्षम रहेको चर्चा गर्दै मतदाताको अपेक्षा अनुसार आप्mनो जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
दुःखको परिस्थितिमा उपनिर्वाचनमा उम्मेदवार बनेर यस क्षेत्रका मतदाताको अपार माया विश्वासले विजयी बन्न सफल भएको स्मण गर्दै उनले भनिन्–‘स्वर्गीय रविन्द्र अधिकारीले देखेका सपना पुरा गर्ने दायित्वबोध भएको छ ।’
निर्वाचन क्षेत्र नं. २ (ख) का उम्मेदवार मिना गुरुङले युवालाई उत्पादनसँग जोडन र महिला सशक्तिकरणका लागि आप्mनो उम्मेदवारी भएको स्पष्ट पारिन् । निर्वाचनमा नारिशक्ति प्रस्तुत गर्न संगठित भएर निर्वाचनमा लाग्नु पर्नेमा उनको जोड छ ।
प्रदेश सभामा समानुपातिक उम्मेदवार वरिष्ठ प्रसुतिरोग विशेषज्ञ डा. छममाया पुनले विकास र समृद्धिको अभियानलाई अघि बढाउन सूर्यध्वजावाहक उम्मेदवारलाई विजयी गराउनु पर्नेमा जोड दिईन् । उनले पार्टीले मेडिकल क्षेत्रलाई सम्वोधन गरेकोमा आवार व्यक्त गर्दै आप्mनो क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की इन्चार्ज कृष्णबहादुर थापाले अपवित्र गठबन्धनले मुलुकलाई निकास नदिने ठोकुवा गर्दै आगामी निर्वाचनमा कास्की जिल्लाका सवै सिटमा एमालेलाई विजय गराउन एकमनाका साथ लाग्न कार्यकर्तालाई अनुरोध गरे ।
अनेमसंग निर्वाचन क्षेत्र नं. २ का संयोजक हिरा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा कास्की जिल्ला सहईञ्चार्ज मिनाकुमारी गुरुङ लगायतले गठबन्धनका विरुद्धमा संगठित भएर आ—आप्mनो ठाउँबाट जुट्नु पर्ने आवश्यकता औल्याए ।
उम्मेदवार विद्या भट्टराईले अनेमसंग पोखरा १६ बाटुलेचौरमा मंगलवार नै आयोजित बृहत महिला भेलालाई समेत सम्बोधन गरिन् । भेलामा गण्डकी प्रदेशका निवर्तमान उपसभामुख सिर्जना शर्मा, निर्वाचन क्षेत्र २ (ख) का उम्मेदवार मिना गुरुङ, एमाले १६ अध्यक्ष राजेश गुरुङ, प्रचार प्रसार संयोजक विष्णुदेवी नेपाली लगायतले महिलाहरु निर्वाचन केन्द्रीत हुन आग्रह गरेका थिए ।
पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

