स्थानियलाई विकास बुझाउँदै,योजना सुनाउँदै एमाले उम्मेदवार कार्की

पाेखरा | कात्तिक १७, २०७९

स्थानियलाई विकास बुझाउँदै,योजना सुनाउँदै एमाले उम्मेदवार कार्की

 

पोखरा । नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर २ (१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्की आफ्नो निर्वाचन क्षेत्रमा एमाले नेतृत्वको प्रदेश र केन्द्र सरकारले गरेका विकास बुझाउँदै तथा आफू र आफ्नो पार्टीले अघि सारेका विकासका योजना सुनाउँदै मत माग्न व्यस्त छन् ।


निर्र्वाचन क्षेत्रअन्र्तगत कास्कीको दक्षिणी भेगमा पर्ने पोखरामहानगरका दुई वडा २१ र ३३ का मतदातासँग निरन्तर भेटघाटमा रहेका कार्कीले जनतालाई उक्त पर्यटकीय क्षेत्र घोषणा भएको र विस्तारै अब पूर्वाधारका काम पूर्ण हुँदै जादा आकर्षक गन्तव्य उन्मुख हुँदै गरेको बताए । उनले उक्त ठाउँमा बनेका पूल, बाटो निर्माण तथा पानीको समस्या समाधानसँगै सबै काम एमाले नेतृत्वका स्थानीय, प्रदेश र केन्द्र सरकारको पहलमा भएको जानकारी गराए ।


कृषिमा व्यवसायिकता रहेको सो क्षेत्रको अर्को सम्ंभावनालाई आधुनिक ढंगले विकाससँगै युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने नीति रहेको उनको भनाई छ ।


कार्कीले युवा, महिला सशक्तीकरण सहित स्थानियलाई अब पाँच वर्ष भित्र महानगरवासीको अनुभुति हुने गरि काम गर्ने योजना सुनाए ।


केपी ओली नेतृत्वको एमाले सरकारद्वारा गठित भुमीसम्बन्धी समस्या समाधान आयोगमा केन्द्रीय सदस्य तथा प्रवक्ताका रूपमा काम गरेका कार्कीले भुमिहिन जनताका समस्या सधैंका लागि समाधान गर्ने योजना रेहको स्पष्ट पारे ।


उनले अबको ‘पाँच वर्ष एमालेले गर्छ’ भन्ने अवधारणा आफ्नो पार्टीको प्रतिवद्धता भएको भन्दै बहुमत सहित सरकार निर्माणको जनादेश दिन जनतालाई आग्रह गरेका छन् ।
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्