जनताले मत बदले हामी देश बदल्छौं: विकास

तनहुँ | कात्तिक १७, २०७९

जनताले मत बदले हामी देश बदल्छौं:  विकास

 

तनहुँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ  क्षेत्र नं १  का विकास सिग्देलले स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय सुधार गर्ने बताएका छन् । बन्दिपुर गाउँपालिका ६ मा उनले प्रचार प्रसारको क्रममा उनले आफ्नो जित पछी स्वास्थ्यको क्षेत्रमा उल्लेखनिय सुधारका काम गर्ने बताएका छन् । 


राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणपत्र अनुसार प्रत्येक स्वास्थ्य चौकीमा डाक्टरको व्यवस्था गर्ने, एक्सले, ल्याप जस्ता समान्य काम स्वास्थ्य चौकिबाट नै लिने व्यवस्था लिने व्यवस्था सुनाए । 
६० वर्ष पुगेको बृद्धलाई मोबाइल एम्बुलेन्स एपको मार्फत सेवा प्रदान गर्ने बताए । मुटुका र क्यानसरको बिरामीको लागि प्रदेश स्तरिय ठुला अस्पताल संचालन गर्ने बताए । युवालाई रोजगारीको योजना सुनाउदै उनले मत परिर्वतन गरे आफुले देश परिर्वतन गर्ने बताए । 


प्रचार प्रसारको लागि विभिन्न ठाउँमा पुग्दा ठुला पार्टीले काम नगरेको गुनासो गर्दै जनताले नयाँ पार्टीलाई मत दिने धारणा राखेका थिए । जनतासंग आफुले ढाट्न छल्न नभइ काम गर्नको लागि आएको बताएका छन् । 


यस अघि तनहुँ व्यास १ को भादगाउँ लगायतका विभिन्न ठाउँमा प्रचार प्रसार गरेका छन् । घरदैलो अभियानमा स्थानीयले रास्वपालाई नै मत दिने बताएका छन् । चुनावी प्रचारलाई तिव्रता दिने क्रममा स्थानीयले खुसी हुँदै विकासलाई जिताउने बताएका हुन् ।


सिग्देलले स्थानियको समस्या आफुले पुरा गर्ने वाचा गरेका छन् । साथै  प्रचार प्रसार अभियानलाई तिव्रता दिदै लगातर अन्य वडामा पनि जाने सिग्देलले जानकारी दिए ।
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्