जनताले मत बदले हामी देश बदल्छौं: विकास
तनहुँ | कात्तिक १७, २०७९
तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नं १ का विकास सिग्देलले स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय सुधार गर्ने बताएका छन् । बन्दिपुर गाउँपालिका ६ मा उनले प्रचार प्रसारको क्रममा उनले आफ्नो जित पछी स्वास्थ्यको क्षेत्रमा उल्लेखनिय सुधारका काम गर्ने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणपत्र अनुसार प्रत्येक स्वास्थ्य चौकीमा डाक्टरको व्यवस्था गर्ने, एक्सले, ल्याप जस्ता समान्य काम स्वास्थ्य चौकिबाट नै लिने व्यवस्था लिने व्यवस्था सुनाए ।
६० वर्ष पुगेको बृद्धलाई मोबाइल एम्बुलेन्स एपको मार्फत सेवा प्रदान गर्ने बताए । मुटुका र क्यानसरको बिरामीको लागि प्रदेश स्तरिय ठुला अस्पताल संचालन गर्ने बताए । युवालाई रोजगारीको योजना सुनाउदै उनले मत परिर्वतन गरे आफुले देश परिर्वतन गर्ने बताए ।
प्रचार प्रसारको लागि विभिन्न ठाउँमा पुग्दा ठुला पार्टीले काम नगरेको गुनासो गर्दै जनताले नयाँ पार्टीलाई मत दिने धारणा राखेका थिए । जनतासंग आफुले ढाट्न छल्न नभइ काम गर्नको लागि आएको बताएका छन् ।
यस अघि तनहुँ व्यास १ को भादगाउँ लगायतका विभिन्न ठाउँमा प्रचार प्रसार गरेका छन् । घरदैलो अभियानमा स्थानीयले रास्वपालाई नै मत दिने बताएका छन् । चुनावी प्रचारलाई तिव्रता दिने क्रममा स्थानीयले खुसी हुँदै विकासलाई जिताउने बताएका हुन् ।
सिग्देलले स्थानियको समस्या आफुले पुरा गर्ने वाचा गरेका छन् । साथै प्रचार प्रसार अभियानलाई तिव्रता दिदै लगातर अन्य वडामा पनि जाने सिग्देलले जानकारी दिए ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

