तानसेन प्रमुखमा सन्तोषलाल र उपप्रमुखमा प्रतिक्षा विजयी

नागरिकमैत्री सेवा प्रवाह गर्नेछौं’: उपप्रमुख सिंजालीमगर

पाल्पा | जेठ ३, २०७९

तानसेन प्रमुखमा सन्तोषलाल र उपप्रमुखमा प्रतिक्षा विजयी

पाल्पा:   पाल्पाको तानसेन नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । नगरपालिका प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ र उपप्रमुखमा नेकपा माओवादीकी प्रतिक्षा सिंजालीमगर विजयी भएकी हुन् ।

 

नगरपालिका प्रमुखले ११ हजार २ सय ७३ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्दी नेकपा एमालेका धनेन्द्रराज  घिमिरेलाई ८ सय ७९ मतान्तरले पराजित गरे । नगर प्रमुखका एमाले प्रत्यासी घिमिरेले १० हजार ३ सय ९४ मत बटुले । 

 

यसैगरि उपप्रमुखमा सिंजालीमगरले निकटतम प्रतिद्वन्दी शशी श्रेष्ठलाई ७ सय ७९ मतान्तरले हराउदै पाँच वर्षका लागि निर्वाचित भइन् । सिंजालीमगरले ११ हजार १ सय ५१ मत प्राप्त गरेकी थिइन् । भने एमालेकी शशी श्रेष्ठले १० हजार ३ सय ७२ ले मत पाएकी थिइन् ।

 

नागरिकमैत्री सेवा प्रवाह गर्नेछौं’: उपप्रमुख सिंजालीमगर

उपप्रमुखमा निर्वाचित भएसँगै सिंजालीमगरले नगरवासीलाई नागरिकमैत्री सेवा प्रवाह गर्ने बताइन् । उनले घरदैलो कार्यक्रममा मतदातासँग गरेको प्रतिवद्धतालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने बताइन् । गाउँपालिका, नगरपालिका र महानगरपालिकाको उपप्रमुख न्यायिक समितिको संयोजक हुने प्रावधान रहन्छ । साथै उपप्रमुखलाई विकास निर्माणको गतिविधि तथा क्रियाकलाप अवलोकन गर्ने क्षेत्राधिकार तोकिएको छ ।

 

उपप्रमुख सिंजालीमगरले अन्यायमा परेका नागरिकलाई उचित न्याय दिलाउने प्रतिवद्धता जनाउदै भनिन्, ‘हाम्रो नगरपालिकाका नागरिकहरुले कानूनको पूर्ण महसुस गर्न पाउनुहुनेछ । कानून भन्दा माथि कोही हुदैन । त्यसैले कानून बर्खिलाप कदम चाल्न कसैलाई अधिकार छैन ।’

 

फरक प्रसंगमा बोल्दै आफु जहिल्यै वेथितीको विरुद्धमा उभिने बताइन् । ‘अनियमितता र भ्रष्टचार विकासको विरुद्धमा हुन्छ । उनले भनिन्, ‘त्यसैले यसको विरुद्धमा हाम्रो टिमको सधै खबरदारी रहनेछ ।’ हामीले हाम्रो नगरलाई साँच्चिकैको नगरपालिका बनाउँने प्रयासमा लागिरहनेछौ । त्यसको लागि नगरवासीको पनि सहयोग जरुरी छ ।’


 

रुकुम पूर्व:  रुकुम पूर्वको भुमे गाउँपालिका १ लुगुमको पञ्चासेमा अटो दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । हिजो बेलुका भुमे १ स्यावालस्थित मध्यपहाडी लोक मार्गको लुगुम(पाटी हाल्ने सडक खण्डमा लुगु...

थप पढ्नुहोस्

गुल्मी: गुल्मीस्थित मालिका गाउँपालिकामा छोराले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।  मालिका– ३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्र...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँस्थित कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो  सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचन...

थप पढ्नुहोस्