तानसेन प्रमुखमा सन्तोषलाल र उपप्रमुखमा प्रतिक्षा विजयी

नागरिकमैत्री सेवा प्रवाह गर्नेछौं’: उपप्रमुख सिंजालीमगर

पाल्पा | जेठ ३, २०७९

तानसेन प्रमुखमा सन्तोषलाल र उपप्रमुखमा प्रतिक्षा विजयी

पाल्पा:   पाल्पाको तानसेन नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । नगरपालिका प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ र उपप्रमुखमा नेकपा माओवादीकी प्रतिक्षा सिंजालीमगर विजयी भएकी हुन् ।

 

नगरपालिका प्रमुखले ११ हजार २ सय ७३ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्दी नेकपा एमालेका धनेन्द्रराज  घिमिरेलाई ८ सय ७९ मतान्तरले पराजित गरे । नगर प्रमुखका एमाले प्रत्यासी घिमिरेले १० हजार ३ सय ९४ मत बटुले । 

 

यसैगरि उपप्रमुखमा सिंजालीमगरले निकटतम प्रतिद्वन्दी शशी श्रेष्ठलाई ७ सय ७९ मतान्तरले हराउदै पाँच वर्षका लागि निर्वाचित भइन् । सिंजालीमगरले ११ हजार १ सय ५१ मत प्राप्त गरेकी थिइन् । भने एमालेकी शशी श्रेष्ठले १० हजार ३ सय ७२ ले मत पाएकी थिइन् ।

 

नागरिकमैत्री सेवा प्रवाह गर्नेछौं’: उपप्रमुख सिंजालीमगर

उपप्रमुखमा निर्वाचित भएसँगै सिंजालीमगरले नगरवासीलाई नागरिकमैत्री सेवा प्रवाह गर्ने बताइन् । उनले घरदैलो कार्यक्रममा मतदातासँग गरेको प्रतिवद्धतालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने बताइन् । गाउँपालिका, नगरपालिका र महानगरपालिकाको उपप्रमुख न्यायिक समितिको संयोजक हुने प्रावधान रहन्छ । साथै उपप्रमुखलाई विकास निर्माणको गतिविधि तथा क्रियाकलाप अवलोकन गर्ने क्षेत्राधिकार तोकिएको छ ।

 

उपप्रमुख सिंजालीमगरले अन्यायमा परेका नागरिकलाई उचित न्याय दिलाउने प्रतिवद्धता जनाउदै भनिन्, ‘हाम्रो नगरपालिकाका नागरिकहरुले कानूनको पूर्ण महसुस गर्न पाउनुहुनेछ । कानून भन्दा माथि कोही हुदैन । त्यसैले कानून बर्खिलाप कदम चाल्न कसैलाई अधिकार छैन ।’

 

फरक प्रसंगमा बोल्दै आफु जहिल्यै वेथितीको विरुद्धमा उभिने बताइन् । ‘अनियमितता र भ्रष्टचार विकासको विरुद्धमा हुन्छ । उनले भनिन्, ‘त्यसैले यसको विरुद्धमा हाम्रो टिमको सधै खबरदारी रहनेछ ।’ हामीले हाम्रो नगरलाई साँच्चिकैको नगरपालिका बनाउँने प्रयासमा लागिरहनेछौ । त्यसको लागि नगरवासीको पनि सहयोग जरुरी छ ।’


 

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्