महासंघको विरोधपछि पत्रकार विजय नेपालीको घटनामा प्रहरीले माग्यो माफी
पाेखरा | कात्तिक १७, २०७९

पोखरा : नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य विजय नेपालीलाई समाचार संकलनको क्रममा प्रहरीले दुर्व्यवहार गरेको घटनाप्रति महासंघले विरोध जनाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले माफी मागेको छ । प्रहरी जवानको कमजोर बुझाईका कारण पत्रकार नेपालीमाथि दुर्व्यवहार हुन पुगेको भन्दै आउँदा दिनमा प्रहरीबाट त्यस्तो व्यवहार नदोहोरिने जिप्रका कास्कीले प्रतिबद्धता जनाएको छ ।
विहिबार विहान म्यादी प्रहरीसम्बन्धि समाचार संकलन गर्न पोखरा नयाँबजारस्थित प्रदर्शनीकेन्द्र पुगेका नेपालीलाई त्यहाँ रहेका प्रहरी जवानले दुर्व्यवहार गरेका थिए । दुर्व्यवहारपश्चात पत्रकार नेपालीले आफुलाई प्रहरीले समाचार संकलनमा अवरोध गरेको कुरा पत्रकार महासंघलाई जानकारी दिएका थिए । विहिबार पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीसहितको पत्रकारको टोली प्रहरीले गरेको दुर्व्यवहारको घटनामा प्रहरी प्रशासन सच्चिन जरुरी भएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अजय केसी समक्ष पुगेका थिए ।
दुर्व्यवहारमा परेका पत्रकार नेपाली सहित पुगेको पत्रकार महासंघ कास्कीको टोलीसमक्ष एसपी केसीले बुझाईको समस्याले घटना हुन पुगेको भन्दै नेतृत्वको हिसाबले आफूले माफी माग्ने बताए । उनले अबका दिनमा पत्रकारहरुलाई सहज र विधिमा रहेर रिपोर्टिंग गर्ने सवालमा आफू मातहतका सबै प्रहरीहरुलाई सम्झाईबुझाई गर्ने वचन दिए । नजिकिँदै गरेको चुनावलाई लक्षित गरेर हामीले धेरै कुराहरु गर्नुछ । र, प्रहरीले पत्रकारसँग सहकार्य गरेरै चुनावलाई अझै बढि परिस्कृत गराउन सकिन्छ भन्ने कुरामा म विश्वस्त छु ।, केसीले भने (प्रेस स्वतन्त्रताको सवालमा हामी सचेत छौँ र मातहतका सबै तहका प्रहरीहरुलाई हामीले त्यसबारेमा परामर्श पनि दिनेछौँ ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले प्रहरी प्रशासनले पत्रकारहरुलाई हेर्ने गलत नजरकै कारण यस्तो घटना हुने गरेको बताउँदै पत्रकारिताप्रति प्रहरीको सोँच फेरिन जरुरी रहेको बताईन् । साथै उनले कुनै पनि वहानामा पत्रकार माथिको धरपकड पत्रकार महासंघका लागि सह्य नभएको प्रस्ट पारिन् । चुनावको बेला छ । पत्रकारहरु पनि यो समयमा रिपोर्टिंगका लागि धेरै ठाऊँमा पुग्नुपर्ने हुन्छ । तर रिपोर्टिंगको बेलामा प्रशासनको व्यवहार रुखो हुँदै आएको विगतका ईतिहास पनि छन् । त्यसैले प्रहरी र प्रशासन यो सवालमा सच्चिन जरुरी छ । भण्डारीले भनिन् ,यदि प्रहरीले पत्रकारलाई पेशागत कारणले नै फरक व्यवहार देखाउने हो भने हामी पनि संगठित रुपमा फरक तरिकाले सोँच्नुपर्ने हुनसक्छ ।
दुर्व्यवहारमा परेका पत्रकार विजय नेपालीका अनुसार उनी रिपोर्टिंगको क्रममा म्यादी प्रहरीहरुको कार्यक्रममा पुगेर फोटो लिँदा त्यहाँ रहेका प्रहरीले उनलाई जबरजस्ती फोटो डिलिट गर्न लगाई जबरजस्ती कार्यक्रमस्थलबाट बाहिर निकालेका थिए । म पत्रकार हुँ, मैले समाचारको लागि फोटो खिचेको हुँ भन्दा पनि मलाई रिसाइकल बिनबाट समेत जबरजस्ती फोटो हटाउन लगाईयो । नेपालीले भने , त्यसपछि मलाई दुर्व्यवहारपुर्ण तरिकाले कार्यक्रमस्थलबाट निकालियो । जिल्ला प्रहरी कार्यालयमा पत्रकार महासंघको अगुवाईमा भएको छलफलपछि भने मलाई केही राहत महशुस भएको छ । पत्रकार महासंघलाई धन्यबाद दिँदै उनले आफूलाई दुर्व्यवहार गरेपनि यस्तै घटना अब दोहोरिन नहुने बताए ।
विहिबार भएको छलफलमा पत्रकार महासंघ गण्डकीका महासचिव गोबिन्द सुवेदी, पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष बद्रिविनोद प्रतिक, रामकृष्ण ज्ञवाली, दीपेन्द्र श्रेष्ठ लगाएतका पत्रकारहरुको सहभागिता रहेको थियो ।
काठमाडौं: नेपाली कांग्रेसले संविधान संशोधनलाई सार्थक निष्कर्षमा पुर्याउन कार्यदल गठन गर्ने निर्णय गरेको छ । कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट नेकपा एमालेसँग भएको सहमतिअनुसार संविधान संशोध...
काठमाडौं: मंगलबार बिहान सवा दिन बजे आएको बाढीले नेपाल–चीन जोड्ने मितेरीपुलबीच भागमा भाँचिएर बगाई टिमुरेस्थित भन्सार यार्डमा बाढी पसेको थियो । त्यहाँ रहेका सात आठवटा गाडी र आठ नौवट...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले आज तीन जनाको नाम सिफारिस गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्...