लालगढ मालेपाटनमा पहारीको घरदैलो

पाेखरा | कात्तिक १८, २०७९

लालगढ मालेपाटनमा पहारीको घरदैलो

 

पोखरा । पोखरा–५ मालेपाटन लालगढका रुपमा चिनिन्छ । गत स्थानिय निर्वाचनमा यस वडामा एमालेले प्यानल नै जितेर गठबन्धनलाई निल खुवाएको थियो । 


सोही वडामा मत माग्न पुगेका नेकपा एमाले कास्की क्षेत्र नम्बर ३ ख प्रदेश सभा उम्मेदवार राजिव पहारीलाई मालेपाटनवासीले फेरी पनि विजयी गराएरै छाड्ने बताएका छन् । विहीवारको घरदैलोमा उनलाई स्थानिय जेष्ठ नागरिकदेखि युवाहरुले साथ दिएका थिए ।


जेष्ठ नागरिकहरुको आर्शिवाद ग्रहण गर्दै घरदैलोमा निस्किएका पहारीले अघिल्लो पटक देखाएको क्रियाशिलतालाई मुल्याङकन गर्दै फेरी पनि विजयी गराउने मालेपाटनवासीहरुले बताए । 


मालेपाटनका जनताहरुले दिएको आर्शिवादले आफुलाई हौसला मिलेको पहारी बताउँछन । ‘यहाँका बुवाआमाको आर्शिवाद तथा युवाहरुको साथले ठूलो प्रेरणा मिलेको छ’ उम्मेदवार पहारीले भने ।


गण्डकी प्रदेशका निवर्तमान सांसद समेत रहेका पहारीले आफुले अघिल्लो कार्यकालमा विभिन्न स्थानमा थालनी गरेको कामहरु अलपत्र परेको जनाउँदै वडा ५ मा पनि थुप्रै काम बाँकी रहेको जनाए । पहारीले घरदैलोको क्रममा भने ‘केहि काम सम्पन्न भए, केहि गर्दागर्दैका बाँकी छन्, ति काम सम्पन्न गर्न पनि उम्मेदवारी दिएको हुँ’ ।

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्