भलाम र्यालेचौरका मतदाताको थापालाई आग्रह ‘चेक ड्याम बनाइदेउ’

पाेखरा | कात्तिक १८, २०७९

भलाम र्यालेचौरका मतदाताको थापालाई आग्रह ‘चेक ड्याम बनाइदेउ’

 

पोखरा । गण्डकी प्रदेश सभासदस्य क्षेत्र नं.२ ‘ख’ का उम्मेदवार विन्दु कुमार थापालाई मतदाताले पहिरो नियन्त्रणका लागि चेकड्याम बनाइदिन आग्रह गरेका छन् । 


बिहिबार पोखरा महानगरपालिका वडा २० भलामको ¥यालेचौरमा मतदाता भेट्न पुगेका थापालाई मतदाताले आफुहरुको आशा र भरोसा दुवै थापामाथि रहेको भन्दै चेकड्यामको काम गरिदिन आग्रह गरेका हुन् । उनीहरुले आफ्नो मत दिने प्रतिबद्धता व्यक्त गर्दै थापालाई समेत आफ्नो चेक ड्याम निमार्ण गरिदिन आग्रह गरेका हुन् । स्थानीय समस्या बताउँदै उनीहरुले रोए पनि कराएपनि माया गरेपनि थापालाई नै गर्ने बताए । 


मतदाताको समस्या बुझ्दै थापाले त्यहाँ पहिरो नियन्त्रणका लागि आफुले सकेको गर्ने र विजयी भएमा थप योजना पारेर स्थानीयलाई खुसी दिलाउने बाचा गरे । उनले भलाममा रहेका विद्यालयको स्तरोन्नति, सांस्कृतिक क्षेत्रको पहिचान गरि आन्तरिक तथा बाह्य पर्यटकको आगमनका लागि प्रयास गर्ने सुनाए । ‘यो पाँच वर्ष प्रदेशको बाल्यकाल रह्यो । हामी संरचना र नीति निमार्णमै भुल्यौ ।


 प्रदेशको जग बसिसक्यो अबको कार्यकाल सम्वृद्धि र विकासका लागि हो’, उनले भने,‘प्रदेशप्रति तपाईँहरुको जे आकांक्षा छ त्यो पुरा गर्छौ ।’ आफ्नो अघिल्लो कार्यकालमा शुसासन र भ्रष्टचार न्युनिकरणका लागि गरेको कामले आफुले जनताको मन जितेकाले यो पटक समेत साथ पाउनेमा आशावादी रहेको सुनाए । बजारबाट नजिक रहेपनि भलाममा अझै विकासका लहर आउने बाकिँ रहेको उनको भनाई रहेको छ ।
 

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्

पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

थप पढ्नुहोस्