तेस्रो संस्करणको ‘टाइगर कप भलिबल’ प्रतियोगिता माघ ८ देखि पोखरामा

पाेखरा | कात्तिक १८, २०७९

तेस्रो संस्करणको ‘टाइगर कप भलिबल’ प्रतियोगिता माघ ८ देखि पोखरामा तस्बिर फाइल

पोखरा : पोखरा रंगशालामा आयोजना हुने तेस्रो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल’ प्रतियोगिता आगामी माघमा हुने भएको छ । 

 

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालाको भलिबल कोर्टमा आयोजना हुने तेश्रो संस्करणको उक्त प्रतियोगिता माघ ८ देखि १४ गते सम्म सञ्चालन हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिताका लागि नेपाली भलिबल संघहरुको छाता संस्था नेपाल भलिबल संघले स्वीकृती प्रदान गरेको संस्थाका अध्यक्ष नारायण शर्माले जानकारी दिए । 

 

माघ ८ देखि १४ गतेसम्म सञ्चालन हुने टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागिय महिला तथा पुरुष टोलीसहित विभिन्न क्लबहरुको सहभागिता रहने छ । प्रतियोगिता फिव, काभा र एनभिएको नियमनुसार सञ्चालन गर्ने गरी स्वीकृती प्रदान गरिएको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जनाएका छन् ।

 

पहिलो संस्करणमा पुरषतर्फ गण्डकी प्रदेश र महिला तर्फ नेपाल पुलिस क्लबले उपाधि जितेका थिए भने दोस्रो संस्करणमा पुरष तर्फ त्रिभुवन आर्मी क्लब र महिला तर्फ सशस्त्र प्रहरी बलको नेपाल एफिएफ क्लबले उपाधि जितेका थिए ।

 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्