पाँचदलीय गठबन्धनले मात्र मुस्लिमका अधिकार सुनिश्चित गर्न सक्छ : नेता सतार
पाेखरा | कात्तिक २२, २०७९
पोखरा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले मुस्लिमका अधिकार पाँचदलीय गठबन्धनमा आबद्ध पार्टीहरुले मात्र सुनिश्चित गर्न सक्ने दाबी गर्नुभएको छ ।
मङ्सिर ४ गतेको निर्वाचनको पूर्वसन्ध्यामा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सतारलले मुस्लिम समूदाय समक्ष आफ्नो अधिकार स्थापित गर्नका लागि पाँचदलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।

नेपालको संविधानले मुलुकभर छरिएका समूदाय, आदिवासी, जनजाति, मुस्लिम, दलित, अल्पसङ्ख्यक र पिछडिएको वर्गको अधिकार सुनिश्चित गरेको भए पनि अघिल्लो सरकारले मुस्लिमहरुले पाउँदै आएको राष्ट्रिय विदासमेत कटौती गरेको प्रति उहाँले आपत्ति प्रकट गर्नुभयो ।
अघिल्लो सरकारले संविधानमाथि नै प्रहार गरी निरङ्कुश अधिनायकवाद र स्वेच्छाचारी ढङ्गले संविधान प्रदत्त अधिकार कटौती गरेकै कारण धार्मिक, सांस्कृतिक तथा संवैधानिक अधिकार सुनिश्चितताका लागि पाँचदलीय गठबन्धनको साथ आवश्यक उहाँको भनाइ छ ।
जनगणना–२०६८ अनुसार नेपालमा चार प्रतिशत मुस्लिम समूदाय रहेको भन्दै ण्राज्यका हरेक निकायमा मुस्लिमको समान प्रतिनिधित्व हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेकपा (एकीकृत) समाजवादीका तर्फबाट प्रतिनिधिसभा सदस्यका समानुपातिक उम्मेदवार जैनब खातुनले मुस्लिम समूदायलाई राज्यले सधैँ पछाडि पारेकै कारण अधिकार प्राप्त नभएसम्म सङ्घर्ष गरिरहनुपर्ने बताउनुभयो । मुस्लिमहरुको अधिकार प्राप्तिका लागि आफू सङ्घर्षरत रहेको र संसद्मा पुगेपछि पनि मुस्लिम अधिकारका बारेमा बुलन्द आवाज उठाउने उहाँको भनाइ छ ।
सो अवसरमा नेकपा माओवादी (केन्द्र) गण्डकी प्रदेशसभामा समानुपातिक उम्मेदवार रहनुभएकी जुविदा खातुनले मुस्लिम समूदायलाई राज्यका हरेक निकायमा पछाडि पारिएको दाबी गर्नुभयो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

