पाँचदलीय गठबन्धनले मात्र मुस्लिमका अधिकार सुनिश्चित गर्न सक्छ : नेता सतार
पाेखरा | कात्तिक २२, २०७९
पोखरा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले मुस्लिमका अधिकार पाँचदलीय गठबन्धनमा आबद्ध पार्टीहरुले मात्र सुनिश्चित गर्न सक्ने दाबी गर्नुभएको छ ।
मङ्सिर ४ गतेको निर्वाचनको पूर्वसन्ध्यामा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सतारलले मुस्लिम समूदाय समक्ष आफ्नो अधिकार स्थापित गर्नका लागि पाँचदलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।

नेपालको संविधानले मुलुकभर छरिएका समूदाय, आदिवासी, जनजाति, मुस्लिम, दलित, अल्पसङ्ख्यक र पिछडिएको वर्गको अधिकार सुनिश्चित गरेको भए पनि अघिल्लो सरकारले मुस्लिमहरुले पाउँदै आएको राष्ट्रिय विदासमेत कटौती गरेको प्रति उहाँले आपत्ति प्रकट गर्नुभयो ।
अघिल्लो सरकारले संविधानमाथि नै प्रहार गरी निरङ्कुश अधिनायकवाद र स्वेच्छाचारी ढङ्गले संविधान प्रदत्त अधिकार कटौती गरेकै कारण धार्मिक, सांस्कृतिक तथा संवैधानिक अधिकार सुनिश्चितताका लागि पाँचदलीय गठबन्धनको साथ आवश्यक उहाँको भनाइ छ ।
जनगणना–२०६८ अनुसार नेपालमा चार प्रतिशत मुस्लिम समूदाय रहेको भन्दै ण्राज्यका हरेक निकायमा मुस्लिमको समान प्रतिनिधित्व हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेकपा (एकीकृत) समाजवादीका तर्फबाट प्रतिनिधिसभा सदस्यका समानुपातिक उम्मेदवार जैनब खातुनले मुस्लिम समूदायलाई राज्यले सधैँ पछाडि पारेकै कारण अधिकार प्राप्त नभएसम्म सङ्घर्ष गरिरहनुपर्ने बताउनुभयो । मुस्लिमहरुको अधिकार प्राप्तिका लागि आफू सङ्घर्षरत रहेको र संसद्मा पुगेपछि पनि मुस्लिम अधिकारका बारेमा बुलन्द आवाज उठाउने उहाँको भनाइ छ ।
सो अवसरमा नेकपा माओवादी (केन्द्र) गण्डकी प्रदेशसभामा समानुपातिक उम्मेदवार रहनुभएकी जुविदा खातुनले मुस्लिम समूदायलाई राज्यका हरेक निकायमा पछाडि पारिएको दाबी गर्नुभयो ।
काठमाडौं: सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार ९कात्तिक १५० भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधिबीच सहमति जुटेको हो । ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीको बैठक आह्वान गर्नुभएको छ। बैठक आइतबार दिउँसो ४ बजे बालुवाटारमा मुख्यमन्त्रीसँग बैठक गर्न लाग्नुभएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ।...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले पोखराको सट्...

