पाकिस्तानविरुद्ध नेपालको कप्तानी रोहित चन्दले गर्ने

काठमाडाैं | कात्तिक २५, २०७९

पाकिस्तानविरुद्ध नेपालको कप्तानी रोहित चन्दले गर्ने

 

काठमाठौं । रोहित चन्दले पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी गर्ने भएका छन् । नेपालले कात्तिक ३० गते घरेलु मैदान दशरथ रंगशालमा पाकिस्तानसँग खेल्दैछ ।


यसअघि बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा कप्तानी गरेका किरणकुमार लिम्बुको व्यस्त तालिकाका कारण उपलब्ध नभएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले रोहितलाई कप्तानको जिम्मेबारी दिएको हो ।


छनोट समितिले रोहितको नाम प्रस्ताव गरेको र त्यसलाई एन्फाले अनुमोदन गरेको एन्फा प्रवक्ता सुरेश साहले बताए ।


गोलकिपर किरण हाल आई लिगका लागि भारतमा छन् । उनी राउण्ड ग्लास पञ्जावबाट नयाँ सिजनको आई लिग खेल्दैछन् । किरणले पाकिस्तानसँगको खेल खेल्न चाहे पनि व्यस्त तालिका मिलाउन कठिन हुने भएकोले टिममा राख्न नसकिएको प्रशिक्षक प्रवेश कटुवालले बताए ।


किरण सम्मिलित पञ्जावको पहिलो खेल कात्तिक ८ गते छ । ‘उनी आउन चाहेका थिए । तर, क्लबले पहिलो खेल खेलेर जानु भनेपछि एक दिन अघि आएर यहाँ खेलेर जान कठिन हुने भयो,’ प्रशिक्षक प्रवेशले भने ।


यसअघि एसियन कप छनोटमा नेपालका लागि कप्तानी गरिसकेका नवयुग श्रेष्ठ र पुजन उपरकोटीले टिममा पुनरागमन भने गरेका छन् । गत असोजमा बंगलादेशविरुद्धको खेलमा भने दुवै खेलाडी थिएनन् ।


रोहितले सन् २००९ मा प्यालेस्टाइन विरुद्ध १६ वर्षको उमेरमै नेपालका लागि डेब्यू गर्दै नेपालका लागि खेल्ने कान्छो खेलाडीको कीर्तिमान बनाएका थिए । पछि विमल घर्ती मगरले उक्त कीर्तिमान तोडे ।


रोहितले नेपालका लागि ७५ खेल खेलेका छन् । उनी सर्वाधिक खेल खेल्ने खेलाडी सूचीको दोस्रो स्थानमा छन् । नियमित कप्तान किरणले नेपालका लागि सर्वाधिक ८३ खेल खेलेका छन् ।


सुर्खेतका ३० वर्षीय रोहित हाल इन्डोनेसियन क्लब पर्सिक केडिरीबाट त्यहाँको लिग खेल्छन् । उनले सन् २००९ मा मछिन्द्र क्लबबाट घरेलु फुटबल करिअर सुरु गरेका थिए । त्यसपछि उनी भारतको आईलिग हुँदै इन्डोनेसियाको व्यवसायिक लिग खेल्न पुगेका हुन् ।


रोहितले हल एसीबाट आई लिग खेलेका थिए । त्यसपछि उनले इन्डोनेसियाको पीएसपीएस पेबनबरु, पर्सिजा जाकार्ताबाट खेलिसकेका छन् । रोहित मलेसियन क्लब टी टिमबाट पनि खेलेका थिए ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्