पोखरा ११ को विकासका लागि गठबन्धनलाई मत दिनुस्: उम्मेदवार थापा
पाेखरा | कात्तिक २६, २०७९
पोखरा: कास्की२(२) बाट प्रदेश सभा सदस्यका उम्मेदवार विन्दु कुमार थापाले पोखरा ११ को विकासका लागि गठबन्धनलाई मत दिन आग्रह गरेका छन् । शनिबार मतदाताहरु सँगै भेट्दै थापाले गठबन्धनले नै स्थानीयको पिरमर्कालाई बुझ्ने र समाधान गर्ने हुँदा विकासका आयामहरुका लागि मत दिन आग्रह गरेका हुन् ।
‘पोखरा ११ मा सडक, सिँचाई, सामाजिक भवन, शिक्षा, स्वास्थ्य र रोजगारीका थुप्रै समस्या छन् । जसमा केही काम हिजो पनि गरियो । अब पनि यहाँहरुले निर्वाचित गराउनुभयो भने गठबन्धन सरकारले नै विकास दिनेछ ।’,उनले भने ।
थापाले सर्वेश्वर मानव सेवा बहुउद्देश्यीय भवन निर्माणका लागि आवश्यक पहकदमी गर्ने प्रतिबद्धता व्यक्त गरे । थापाले विकासको पहिलो खुड्किलो सडक भएकाले पोखरा ११ मा भएका सडक समस्यालाई निर्मुल पार्न महत्वपूर्ण भूमिका खेल्ने बताए । जनताको मतको सम्मान गर्दै आगामी समय पनि जनताकै सेवासुविधामा लाग्ने प्रण उनको छ ।
पोखरा ११ को कृषि सडकका लागि आफ्नै पहलमा एक करोड विनियोजन भएको उनले जानकारी गराए । काहुमा नै कृषि सडक राख्ने तयारी आफुले गरिरहेको भनाई उनको छ । बास खोला नियन्त्रण गर्दै बस्ती सुरक्षाका लागि समेत आवश्यक पहलकदमी गरिएको र संरक्षणमा लाग्ने प्रतिबद्धता उनको छ ।
उनले विगत पाँच वर्ष जनताको मन जित्न सफल भएको र आगामी समय पनि जनताकै सेवकका रुपमा काम गर्ने बताए । विकासका लागि पार्टी भन्दा माथि उठेर मत हाल्न उनले मतदातालाई आग्रह गरेका छन् ।
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णा...
पोखरा: डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । ...
काठमाडौं: गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु। ७०० ले बढेको छ भने चाँदी प्रतितोला रु। पा...

