‘ए ! दिपक भन्नी हजुर हो ? नयाँ हुनुहुन्छ, भोट गरेर जिताउँछौं’

पाेखरा | कात्तिक २७, २०७९

‘ए ! दिपक भन्नी हजुर हो ? नयाँ हुनुहुन्छ, भोट गरेर जिताउँछौं’

 

पोखरा: कास्की क्षेत्र १ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार दिपक गुरुङ माइलाले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनले आइतबार पोखरा–१४ मा घरदैलो तथा मतदाता भेटघाट गरेका छन् ।

 
उनले मतदाताले आफूप्रति सकरात्मक भएको बताए । ‘ए ! दिपक भन्नी हजुर हो ? नयाँ हुनुहुन्छ, भोट गरेर जिताउँछौं भनेर मतदाताले भनेको पाएको छुँ, ’ उनले भने, ‘मतदाताको सकरात्मक र उर्जाशिल भनाइले गर्दा चुनाव जितिसकेको अनभुव भएको छ ।’ उनले जनताको योजना र आवश्यकता आफ्नो प्राथमिकता भएको सुनाए । ‘अब झुटो बोल्ने उम्मेदवारलाई जनताले पत्याउँदैनन्,’ उनले भने, ‘मतदातालाई विभिन्न योजनाहरु देखाउने र प्रभावित पार्न खोज्ने प्रवृतिको अन्त्य हुनपर्छ ।’


अबको बाटो भनेको विकास र समृद्धिको हुँदा मंसिरको निर्वाचनले जनताको मतको कदर गर्ने उनले बताए । विकास र समृद्धि तर्फ प्रदेशलाई अगाडि बढाउने जिम्मा आएको उनले सुनाए । ‘विकास निर्माणको काम गर्दा राजनीतिक पूर्वग्रह राख्नुहुँदैन,’ उनले भने, ‘त्यसैले गठबन्धन विकासको लागि भएको हो विनाशको लागि होइन् । कसैलाई आक्षेप लगाउँदैनौं । सबै जनताले बुझिसकेका छन् ।’


पोखरा–१४ मा घरदैलो गर्दै मतदाताले दिएको सुझावलाई आत्मसाथ गर्दै त्यस क्षेत्रको विकास, निर्माणाम समर्पित हुने गुरुङले प्रण गरे । मुलुकको समग्र विकासमा लागि स्पस्ट नीति, विचार र सिद्धान्त आवश्यक पर्ने उनको भनाइ थियो । विकास निर्माणको खाँका र इच्छाशक्ति पाँच दलीय गठबन्धनको सरकारसँग मात्र रहेको उनको दावी  छ । 
 

काठमाडौं:   नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा...

थप पढ्नुहोस्

काठमाडौं: नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि, संविधानको धार...

थप पढ्नुहोस्

पोखरा:  अटो व्यवसायी तथा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्व अध्यक्ष ध्रुव थापाले आफू कुनै राजनीतिक व्यक्ति, भ्रष्ट वा तस्कर नहुँदा पनि यहि भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आफ्नो घर र कार्यालय त...

थप पढ्नुहोस्