‘ए ! दिपक भन्नी हजुर हो ? नयाँ हुनुहुन्छ, भोट गरेर जिताउँछौं’
पाेखरा | कात्तिक २७, २०७९
पोखरा: कास्की क्षेत्र १ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार दिपक गुरुङ माइलाले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनले आइतबार पोखरा–१४ मा घरदैलो तथा मतदाता भेटघाट गरेका छन् ।
उनले मतदाताले आफूप्रति सकरात्मक भएको बताए । ‘ए ! दिपक भन्नी हजुर हो ? नयाँ हुनुहुन्छ, भोट गरेर जिताउँछौं भनेर मतदाताले भनेको पाएको छुँ, ’ उनले भने, ‘मतदाताको सकरात्मक र उर्जाशिल भनाइले गर्दा चुनाव जितिसकेको अनभुव भएको छ ।’ उनले जनताको योजना र आवश्यकता आफ्नो प्राथमिकता भएको सुनाए । ‘अब झुटो बोल्ने उम्मेदवारलाई जनताले पत्याउँदैनन्,’ उनले भने, ‘मतदातालाई विभिन्न योजनाहरु देखाउने र प्रभावित पार्न खोज्ने प्रवृतिको अन्त्य हुनपर्छ ।’
अबको बाटो भनेको विकास र समृद्धिको हुँदा मंसिरको निर्वाचनले जनताको मतको कदर गर्ने उनले बताए । विकास र समृद्धि तर्फ प्रदेशलाई अगाडि बढाउने जिम्मा आएको उनले सुनाए । ‘विकास निर्माणको काम गर्दा राजनीतिक पूर्वग्रह राख्नुहुँदैन,’ उनले भने, ‘त्यसैले गठबन्धन विकासको लागि भएको हो विनाशको लागि होइन् । कसैलाई आक्षेप लगाउँदैनौं । सबै जनताले बुझिसकेका छन् ।’
पोखरा–१४ मा घरदैलो गर्दै मतदाताले दिएको सुझावलाई आत्मसाथ गर्दै त्यस क्षेत्रको विकास, निर्माणाम समर्पित हुने गुरुङले प्रण गरे । मुलुकको समग्र विकासमा लागि स्पस्ट नीति, विचार र सिद्धान्त आवश्यक पर्ने उनको भनाइ थियो । विकास निर्माणको खाँका र इच्छाशक्ति पाँच दलीय गठबन्धनको सरकारसँग मात्र रहेको उनको दावी छ ।
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

