सत्ता र शक्ति हातमा लिएर देश बन्द कोठा बनाइयो: उम्मेदवार भण्डारी
पाेखरा | कात्तिक २७, २०७९
पोखरा: प्रदेश सभा र प्रतिनीधी सभा सदस्यको लागि पछिल्लो समयमा चुनावी अभियान तिव्र रुपमा अघि बढिरहेको छ । तर पोखरा मतदाता भने ठुला पार्टीलाइ भन्दा साना पार्टीलाई अवसर दिनुपर्ने धारणा राख्छन ।
कास्की क्षेत्र नम्वर २ ‘क’ का प्रदेश सभा सदस्यका उम्मेदवार बिजय बहादुर भण्डारीको घरदैलाको क्रममा पोखरा १७ का छबी पोख्रेलले पुराना पार्टीले काम नगरेको भन्दै नयाँ पार्टीले चुनाव जित्नुपर्ने धारणा राखे ।
पुराना सत्तामा भएका पार्टीले देश बिकाश नगरेको, जनताको समस्याको वास्था नगरेको आफ्नो र कार्यकर्ताको हितको लागि मात्र काम गरेको भन्दैै ठुला पार्टीले देश बनाउन नसक्ने भण्डारीलाई सुनाए । ‘उनले भने,‘भण्डारी जस्ता युवा र बिकासका योजना भएका नेतालाई भोट दिनुपर्छ अब’ ।
पोखरा १७ का नै टंक गौतम अव ठुला पार्टीलाई मत नदिने पक्षमा रहेको सुनाउ छन । देश विकास गर्न नभइ ठुला पार्टीका नेता स्वार्थ र कुर्सीको लागि चुनावमा होमिएको उनको भनाइ ।
भ्रष्टचार मुक्त देश बनाउन सक्ने देशमा उत्पादनमा जोड दिने नेताको खाँचो रहेको सुनाए । पोखरा १७ कै बासिन्दा सृष्टि पौडेलले ठुला पार्टी प्रति असन्तुष्टि व्यक्त गदै अबको आवश्यकता भनेको पढेलेखेको राष्ट्रपति वफादारी युवा नेताको आवश्यता भएको गुनासो पोखिन् । युवा शिक्षित नेताको खाँचो रहेको बताइन ।
युवा उम्मेदवार विजय भण्डारीले जनताको समस्या र गुनासो सुन्दै मत मागेको थिए । उनले आफु नष्ट हुने तर भ्रष्ट नहुने बाँचा गरेको जानकारी दिदै जनताको समस्या समाधान गर्न राजनितीमा होमिएको मतदातालाई सुनाए ।
भण्डारीले ठुला पार्टीले जनतालाई भ्रममा पारी मत मागेको चुनाव जितेपछी सत्ता र शक्तिआफ्नो हातमा पारेर देश र जनतालाई बन्द कोठामा राखेको संज्ञा दिए । जनताको मतको कदर गरी जनजिबिकाको ग्यारेन्टी गर्न आफुले उम्मेदवारी दिएको बताए ।
नेपालीको जीवन स्तर उच्च पार्न, देशमै रोजागारीको व्यवस्था गर्न देश विकास गर्न उम्मेद्वारी रहेको मतदातालाई बुझाउदै आफ्नो पक्षमा मतदान गर्न आग्रह गरे ।
घरदैलो अभियानमा समानुपातिक तर्फका उम्मेद्वार बिष्णु कुमारी गुरुङले आफुलाई समेत मतहाली बिजय गराउन मतदातालाई आग्रह समेत गरेकी थिइन् ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

