मट्टिखानमा रेल सञ्चालन सम्भाव्यता अध्ययनको स्वागत
पाेखरा | कात्तिक २७, २०७९
पोखराः गोर्खा स्मारक ट्रष्टका महासचिव डा. चन्द्रबहादुर गुरुङले नेकपा एमालेले प्रदेश प्रतिवद्धापत्रमा साल्मेडाँडाबाट छुकछुके रेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने विषयलाई समेटेकोमा स्वागत गरेका छन् ।
मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारी र प्रदेश सभा सदस्यका उम्मेदवार भिमबहादुर कार्की सम्मिलित पोखरा २१ मट्टिखानमा आईतवार आयोजित कोणसभामा बोल्दै उनले ट्रष्टले साल्मेडाँडादेखि, निर्मलपोखरा र भरतपोखरासम्म छुकछुके रेल सञ्चालन गर्ने डिपिआर तयार पारेको जानकारी दिए ।
“दोश्रो विश्वयुद्धमा बेलायतकोतर्पm लडाई लड्ने क्रममा दिवंगत हुनु भएका वीर गोर्खाली पुर्खाहरुको स्मरणमा स्याङजा फेदीखोला गाउँपालिकाको साल्मेडाडाँमा स्मारक निर्माण कार्य भईरहेको छ ।” ट्रष्टका महासचिव गुरुङले भने–“स्मारक निर्माणसंगै रेल समेत सञ्चालन गर्ने हो भने मुलुकको पर्यटक प्रवद्र्धनमा उक्त योजना कोशेढुङ्गा सावित हुने विश्वास संस्थाले लिएको छ ।”
कोणसभामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराईले एमाले विकास निर्माणसंगै नयाँ योजना र भिजनको सपना देख्ने पार्टी भएको बताउँदै विचार, आस्था र भिजन नहुनेले मुलुकको विकास गर्न नसक्ने स्पष्ट पारिन् ।
साल्मेडाँडादेखि मट्टिखान, निर्मलपोखरा र भरतपोखरीको हुँडिकोटसम्मको करिव १० किलोमिटर दुरीवाट मनोरम हिमश्रृखला सहित पोखरा बजारसँगै अनुपम प्राकृतिक छटाको दृश्यावलोकन गर्न सकिने यस क्षेत्रमा रिचलाईन रेल सञ्चालनको लागि सम्भाव्यता अध्ययन गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको उनको भनाई छ ।
पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माणसँगै प्रविधियुक्त आधुनिक कृषि प्रणालीको विकास गरि उक्त क्षेत्रलाई पर्यटन र कृषिको हव बनाउने प्रतिवद्धता व्यक्त गर्दे उनले त्यसका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने आवश्यकता औल्याईन् ।
संघ सरकारबाट गण्डकी प्रदेश सरकारमा हस्तान्तरण भएको फुस्रेखोला, रामदी मट्टिखान सडक निर्माण व्यवसायीको ढिलासुस्तिका कारण समयमा सम्पन्न हुन नसकेको स्पष्ट पार्दै उनले उक्त सडक निर्माणमा आफु निरन्तर लाग्दै आएको र निर्माण कार्यलाई तिव्रता दिन आफु प्रतिवद्ध भएर लाग्ने विश्वास व्यक्त गरिन् ।
एमालेको समृद्ध नेपाल सुखी नेपाली अभियानलाई साकार बनाउन सडक पूर्वाधार पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै नेत्री भट्टराईले युवा स्वरोजगार र महिला सशक्तिकरणमा लाग्नुको विकल्प नभएको बताईन् ।
नेकपा एमाले केन्द्रीय सदस्य एवम् निर्वाचन २ (ख) का उम्मेदवार भिमबहादुर कार्कीले एमाले जे बोल्छ, त्यही गर्दछ भन्दै यस क्षेत्रको समग्र विकासमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त जनाए ।
पोखरा २१ का निर्वतमान वडाअध्यक्ष खगराज आचार्यले कृष्ति, निर्मलपोखरी भरतपोखरीका जनतालाई खानेपानीको सुविधा पु¥याउनका लागि सञ्चालन गरिएको सहलगानी खानेपानी योजना सम्झौता सवैको सहयोग रहेको स्मरण गर्दै सचेत मतदातासँग विकास निर्माणमा अनर्गल प्रचार नगर्न सबैमा आग्रह गरे ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

