डेढ वर्षभित्र सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्नेछु: उम्मेद्वार बराल
पाेखरा | कात्तिक २८, २०७९
पोखरा: नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं कास्की २ मा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार श्रीनाथ बरालले अबको डेढ वर्षभित्र सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार विहान पोखरा १५मा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । त्यसको सुरुवात अहिले नै भइसकेको भन्दै निर्वाचन लगत्तै समस्या समाधानको काम अगाडि बढ्ने बताए । सिंगो कास्की र पोखरालाई विकासको नयाँ मोडलमा अगाडि बढाउन आफूहरुले चाहेको भन्दै यहाँ रहेका सुकुम्बासी, अव्यवस्थित बसोबासीका समस्याका साथै सहरी बेरोजगारीका समस्या हल गर्न आफूहरु लाग्ने उनको भनाई छ ।
प्रकृतिक सम्पदायुक्त पूर्वाधार बनाइने भन्दै उनले पोखराका तालको संरक्षण, बाटाघाट चाक्ला र फराकिला बनाउने योजना सुनाए । ‘पोखरा आफैमा प्राकृतिक सौन्दर्यताले भरिपूर्ण सहर हो । अझ क्षेत्र नम्बर २ को कुरा गर्दा यहाँको विकासले समग्र कास्कीको विकासको प्रतिनिधित्व गर्छ । यहाँ हुने विकास निर्माण प्रकृति मैत्री हुनुपर्छ । यहाँ रहेका सकुम्बासी समस्या, अव्यवस्थित बसोबासीका समस्या हामी डेढवर्ष भित्र समाधान गर्दै समग्र विकासमा अगाडि बढ्छौं’ उनले भने ।
उम्मेद्वार बरालले कृषिमा आधुनिकिकरण गर्नुका साथै बालबालिका र महिला केन्द्रित विकासमा जोड दिने बताए । केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार गठबन्धनको हुँदा विकास निर्माणमा सजिलो हुने उनको भनाई छ । आफूले केन्द्री सांसदको हैसियतले विकास र समृद्धिको अगुवाई गर्ने भन्दै उनले पोखरालाई शैक्षिक हवको रुपमा विकास गर्ने, समाजवाद उन्मुख स्वास्थ्य सेवा प्रवाह गर्ने,पोखरालाई अन्तराष्ट्रिय शैक्षिक हव बनाउनका लागि कानून निर्माण देखि प्रदेश र स्थानीय तहसंग सहकार्य गर्ने बताए । उनले मौजा अर्मला हुँदै जाने मध्यपहाडी लोकमार्गलाई छिटो बनाउन पहल गर्नुका सार्थै पोखरा बसपार्कलाई इन्ट्रनल बसपार्कको रुपमा विकास गर्ने, लामे आहालको बसपार्कलाई अन्तर्राष्ट्रिय स्तरको प्रादेशिक बसपार्कको रुपमा विकास गर्न स्थानीय तह, गण्डकी सरकार र केन्द्रसरकारसंग सहकार्य गर्ने उनले प्रतिवद्धता जनाए ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

