पोखरा २१ का डेढ सय बढी युवा एमाले छोडेर माओवादी प्रवेश

पाेखरा | कात्तिक २८, २०७९

पोखरा २१ का डेढ सय बढी युवा एमाले छोडेर माओवादी प्रवेश

 

पोखरा:  आम निर्वाचन सम्मुखमा आउँदै गर्दा पोखरा महानगरपालिका वडा नम्बर २१ मा डेढ सय भन्दा बढी युवा एमाले छोडेर माओवादी प्रवेश गरेका छन् । एमालेले व्यवस्था जोगाउने र विकास गर्ने एजेण्डा छोडी सत्तालिप्सा मात्रै देखाएको भन्दै उनीहरुले एमाले परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।


माओवादी प्रवेश गर्ने युवामा अधिकाँश दलित समुदायका छन् । उनीहरुको असन्तुष्टि एमालेले दलितलाई सत्ताको भर्याङ् मात्रै बनाएकोमा छ । पोखरा २१ का स्थानीय ईन्द्रबहादुर नेपाली भन्छन्, ‘एमालेले दलित दुखीका समस्या समाधान गर्न सकेन, अब माओवादीले हाम्रा समस्या समधान गर्ने विश्वासमा भएर नै पार्टी प्रवेश गरियो ।’


उनले विपन्नको हकको लागि काम गर्ने पार्टी माओावदी मात्र भएको बताए ।


‘बेरोजगारीको लागि योजना आएपनि दलित जनताको माझमा पुगेको छैन ।’ उनले भने, ‘गाउँमा वेरोजगार छन्, चुनाव आएपछि रोजगारीका नारा मात्रै लिएर आउँछन् ।’


स्थानीयको माग विकाससँगै स्थानीय मठ मन्दिरको संरक्षण गर्नुपर्ने, प्राकृतिक सम्पदाहरुको प्रवद्र्धन गर्नुपर्ने सामाजिक रुपान्तरण अभियान चलाउनुपर्ने रहेको छ ।


पार्टी प्रवेश कार्यक्रममा कास्की २ (१) मा ५ दलीय गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश लामिछानेले आफुले यस क्षेत्रको सामाजिक समस्या बुझेको, यो ठाउँमा कस्तो बिकास र कुन प्रकारको सामाजिक अभियान चाहिन्छ भन्ने सवालको जानकार रहेकोले आफ्नो प्रतिवद्धता प्रति ईमान्दार भएर जनताको सेवा गर्ने दावी गरे ।


‘अबको लडाईं गरिबीको अन्त्य गर्ने लडाईं हो, गठबन्धनले सोही अनुसारको घोषणापत्र पनि बनाएको छ, सोही घोषणापत्र अनुसारका कार्यक्रम लिएर आउने छु ।’ उनले भने । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्