प्रचण्ड क्रान्ति र शान्ति दुवैको नायक हुन्: वरिष्ठ नेता पौडेल
गोरखा | कात्तिक २८, २०७९
गोरखा: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० शान्ति र क्रान्ति दुवै प्रक्रियाको नायक भएको बताउनुभएको छ ।
गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्नुहुँदै उहाँले गिरिजाप्रसाद कोइराला जस्तै प्रचण्ड पनि शान्ति र क्रान्ति दुवैको नायक भएको बताउनुभयो ।
“शान्ति र क्रान्ति दुवैको नायक इतिहासमा कमै जन्मन्छन्”, वरिष्ठ नेता पौडेलले भन्नुभयो, “प्रचण्ड पनि त्यसमध्येका एक नेता हुनुहुन्छ ।” उहाँले कांग्रेसलगायतका गठबन्धनका दलले आवश्यकताअनुसार प्रचण्डलाई गोरखा पठाएको बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै यहीँ अब गठबन्धनले मात्रै राष्ट्रलाई समृद्धिको दिशामा लैजाने बताउनुभयो । “हसियाँ हतौडासँग डराउनुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “रुखले हँसिया हताँडालाई भोट हाल्नुस्, रुखले हँसिया हतौडालाई भोट हाल्नुस यहीँबाट राष्ट्रिय एकता सुरु हुन्छ ।” प्रचण्डले निर्वाचन जितेर गएपछि उहाँले नै देशको नेतृत्व गर्नसक्ने उहाँको दाबी छ ।
कास्की: पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका –१०, रामघाट...
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णा...
पोखरा: डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । ...

