अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्छु: दिपक माइला

पाेखरा | कात्तिक २९, २०७९

अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्छु: दिपक माइला

पोखरा:  पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की क्षेत्र १ (ख) का दिपक गुरुङले ‘माइला’ ले अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने र भूमिहीन सुकुम्बासीलाई लालपूर्जा उपलब्ध गराउने बताएका छन् । मंगलबार पोखरा–१४ मा मतदाता भेटघाट कार्यक्रम र घरदैलो कार्यक्रममा उनले सुकुम्बासीका समाधान गर्ने बताए ।


‘सुकुम्बासीका समस्या अध्ययन गरेर स्थायी रुपमै ती समस्या समाधान गर्नेछु,’ उनले भने, ‘पहिला हजुरले प्रदेश सांसद बनाएर पठाउनुहोस् ।’ उनले जनताको सेवाका लागि राजनीतिमा आएको सुनाउँदै जिम्मेवारी वहन गर्ने आतुर रहेको बताए । ‘जनतालाई खुशी र सुखी बनाउनेछु,’ उनले भने, ‘स्वार्थको राजनीति गर्नु छैन मलाई । जनताले आसपास रहेर काम गर्नेछु ।’


उनले राजनीतिक पहिचान बनाउने गरी काम गर्ने प्रतिवद्वता गरेका छन् । गुरुङले मतदाताले गर्व अनुभुति गर्ने गरी आफूले काम गर्ने उल्लेख गरे । उनले राजनीतिमा अनुशासन, मर्यादा र शुद्वता आवश्यक रहेको जनाउँदै वर्तमान शिक्षा व्यवस्थामा परिवर्तन गरी शिक्षालाई उद्यमशीलतासँग जोड्नुपर्ने विचार राखे ।


कृषि, पर्यटन, शिक्षा, बेरोजगारीको अन्त्य र आयात प्रतिस्थापन गर्ने योजना र नीति बनाउन भूमिका निर्वाह गर्ने उनको भनाइ छ । ‘सामुदायिक विद्यालयलाई नीजि विद्यालयको सरहको सुविधा दिइनेछ,’ उनले भने, ‘जनसंख्या, भूगोल र आवश्यकताका आधारमा आवासीय विद्यालय सञ्चालनको पहल गर्नेछु ।’ वर्तमान बजारले खोजका जनशक्ति उत्पादनमा शिक्षण संस्थालाई सिकाई केन्द्रका रुपमा विकास गर्ने उनले सुनाए । ‘सामुदायिक विद्यालयमा न्यूनतम तहको प्राविधिक पढाईका लागि पहल गर्नेछु,’ उनले भने । 
 

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्