‘यो चुनावले क्राइम गर्ने जत्था मात्रै तयार गर्छ: प्रवक्ता प्रकाण्ड

पाेखरा | कात्तिक २९, २०७९

‘यो चुनावले क्राइम गर्ने जत्था मात्रै तयार गर्छ: प्रवक्ता प्रकाण्ड

कास्की:  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) ले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन २०७९ ले अपराध गर्ने जत्था मात्रै तयार गर्ने बताएका छन् ।

 

बुधबार पोखरामा हुने जनसभालाई सम्बोधन गर्न पोखरा आइपुगेका प्रकाण्डले आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै आसन्न निर्वाचन जनविरोधी भएको बताउदै वहिष्कार गरेको स्पष्ट पारे ।  ‘अहिले हुन लागेको चुनाव भनेको पाँच वर्ष क्राइम गरेका मान्छेहरुलाई सेभ साइड राख्ने र नयाँ क्राइम गर्ने जत्था तयार गर्ने भन्दा अरु केही पनि होइन, उनले भने, ‘यसले राष्ट्रघात, जनघात, कमिशन महिला बेचविखन, सामाजिक असुरक्षा भन्दा केही पनि गर्दैन भत्यसैले यसको कुनै औचित्य छैन भन्ने हाम्रो पहिलो राजनीतिक निष्कर्ष हो ।’ 

 

उनले आसन्न निर्वाचन जनघाती भएको बताउदै आम नागरिकले नै वहिष्कार गर्नुपर्ने उल्लेख गरे । ‘यो निर्वाचन जनघाती भएकाले यसलाई जनताले पिसफुल्ली रिजेक्ट गर्नुपर्छ, उनले भने, ‘नत्र यसले के देखिन्छ भने पाँच वर्ष लुट भनेर पठाएको जस्तै हुन्छ ।’

 

उनले संसद विदेशीको चलखेलको अखडा मात्रै बनेको बताए । ‘नेपालको संसदको हालत एमसिसी पास हुदा देखिइयो, त्यसकारण नेपालको संसद साम्राज्यवादको चाटुकार भन्दा अरु केही भएन । विदेशीको दलाल र अखडा भन्दा अरु केही भएन । त्यसैले हामीले यो चुनावको अर्थ र औचित्य छैन भनेर खारेजीको नीति अगाडि सारेका हौं ।’

 

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको जनसभा भोलि (बुधबार) पृथ्वीचोकमा आयोजना हुने बताइएको छ भने र्याली अमसिँहचौरदेखि सुरु गरिने जिल्ला समिति कास्कीले जनाएको छ ।
 

काठमाडौँ:  हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।   गण्डकी प्रदे...

थप पढ्नुहोस्

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् ।   भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...

थप पढ्नुहोस्

दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

थप पढ्नुहोस्