‘अबको लडाई गरिवीको अन्त्य गर्ने हो’: उम्मेदवार गुरूङ
पाेखरा | कात्तिक २९, २०७९
पोखराः नेकपा एमाले कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मनबहादुर गुरूङले अबको लडाई गरिवी अन्त्य गर्ने लडाइँ रहेको बताएका छन् ।
मंसिर ४ गते हुने निर्वाचन केन्द्रित प्रचारप्रसार कार्यक्रम अन्तर्गत पोखरा २९ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेकपा एमालकोे कास्की जिल्ला अध्यक्ष समेत रहेका उनले देशमा राजनीतिक परिवर्तन आईसकेको र अव विकास र समृद्धिका लागि काम गर्ने बेला भएको उल्लेख गरे ।
तर, केही तत्व प्राप्त उपलब्धिलाई उल्ट्याउने खेलमा रहेको हुँदा जनता सचेत बन्नुपर्ने उनको भनाई छ । ‘राजनीतिक परिवर्तन भयो । अब विकास र समृद्धिका लागि काम गर्न मेरो उम्मेदवारी हो ।’ उनले भने –‘यसका लागि तपाईहरुले सुर्य चिन्हमा मतदान गरेर एमाले उम्मेदवारलाई विजयी गराउनुहुन म अनुरोध गर्दछु ।’
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

