‘अबको लडाई गरिवीको अन्त्य गर्ने हो’: उम्मेदवार गुरूङ
पाेखरा | कात्तिक २९, २०७९
पोखराः नेकपा एमाले कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मनबहादुर गुरूङले अबको लडाई गरिवी अन्त्य गर्ने लडाइँ रहेको बताएका छन् ।
मंसिर ४ गते हुने निर्वाचन केन्द्रित प्रचारप्रसार कार्यक्रम अन्तर्गत पोखरा २९ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेकपा एमालकोे कास्की जिल्ला अध्यक्ष समेत रहेका उनले देशमा राजनीतिक परिवर्तन आईसकेको र अव विकास र समृद्धिका लागि काम गर्ने बेला भएको उल्लेख गरे ।
तर, केही तत्व प्राप्त उपलब्धिलाई उल्ट्याउने खेलमा रहेको हुँदा जनता सचेत बन्नुपर्ने उनको भनाई छ । ‘राजनीतिक परिवर्तन भयो । अब विकास र समृद्धिका लागि काम गर्न मेरो उम्मेदवारी हो ।’ उनले भने –‘यसका लागि तपाईहरुले सुर्य चिन्हमा मतदान गरेर एमाले उम्मेदवारलाई विजयी गराउनुहुन म अनुरोध गर्दछु ।’
रुकुम पूर्व: रुकुम पूर्वको भुमे गाउँपालिका १ लुगुमको पञ्चासेमा अटो दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । हिजो बेलुका भुमे १ स्यावालस्थित मध्यपहाडी लोक मार्गको लुगुम(पाटी हाल्ने सडक खण्डमा लुगु...
गुल्मी: गुल्मीस्थित मालिका गाउँपालिकामा छोराले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । मालिका– ३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्र...
मुस्ताङ: यहाँस्थित कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचन...

