अधुरा योजना पुरा गर्ने जिम्मा गठबन्धनको:  उम्मेदवार बराल

पाेखरा | कात्तिक २९, २०७९

अधुरा योजना पुरा गर्ने जिम्मा गठबन्धनको:  उम्मेदवार बराल

पोखराः   आगामी मंसिर चार गते हुने आम निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बराल जीवनले विकास निर्माणका योजना जसले शुरु गरेको हो उसैले सम्पन्न गरे मात्रै दीगो विकास हुने बताएका छन् ।


पोखरा महानगरपालिका वडा नम्बर ३ का मतदाताहरुसँगको भेटघाटका क्रममा उनले निर्माण सम्पन्न हुन लागेका योजनाहरु पुरा हुन गठबन्धनले जित्नुपर्ने बताए ।


उनले पोखराको नदीपुरमा रहेको ढललाई व्यवस्थापन गर्न नसक्दा हरेक वर्ष वर्षामा यहाँको क्षेत्र भासिने चर्कने समस्या भएको हुनाले यसलाई विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गरे । ‘वर्षा लागेपछि यहाँका जनतामा त्रास उत्पन्न हुन्छ, कतिबेला भासिन्छ भनेर, कतिबेला चर्किन्छ भनेर, यो समस्याको दीगो समाधान हुनु जरुरी छ ।’ उनले भने, ‘अब गठबन्धन सरकारले यसको दीर्घकालीन समाधान गर्छ ।’


उनले आफूले सुरूवात गरेका केही योजनाहरु पूरा गर्नका लागि पनि आफ्नो प्रतिनिधि सभामा उम्मेदवारी दिएको बताए ।


स्थानीय बासिन्दा उमेश पराजुलीले बरालले नदिपुरको भुगोल चिनेको केही कामको सुरूवात गरेको आधारमा उम्मेदवार बराललाई  मतदान गर्ने स्थानीयले बताए । उनले अबको समय विकासको समय भएकोले झुट्टा आश्वासन बाँड्नेलाई विश्वास नगर्न आम मतदातासँग आग्रह गरे ।


संविधान सभा सदस्य शारदा पौडेलले संविधान रक्षाको लागि गठबन्धनको जित आवश्यक भएको बताईन् । अबको समय स्थायी शान्ति कायम गरेर सम्बृद्धिको मार्गमा लाग्ने समय भएको बताउँदै पौडेलले देशमा अस्थिरता निम्त्याउनेहरुले फेरी जित्न नहुने तर्क गरिन् ।


काँग्रेस नेता नारायण उदासले लामो संघर्षपछि आएको लोकतन्त्र मासिने खतरा बढेकोले गठबन्धन गर्नुपरेको बताउँदै शान्ति र सम्बृद्धिका लागि सबै पक्ष एक हुनुपर्ने बताए ।


निर्वाचन प्रचार प्रसार समितिका सदस्य विष्णु खत्रीले अझै पनि प्रतिगमनले जित्ने हो भने नेपाली जनता सधैं व्यवस्था जोगाउने संघर्षमा समय खर्चिनुपर्ने भएकोले अहिलेनै विचार पुर्याउनुपर्ने बताए । 

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्