विवादित बनेको दुई पालिकाको मतदान प्रक्रिया अझै सुरु भएन
काठमाडाैं | जेठ ८, २०७९
काठमाडौं, स्थानीय तह सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहेकाे अवस्थामा ७५३ पालिकामध्ये विवादका कारण स्थगित दुई पालिकाको मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन ।
बाजुराको बुढीगङ्गा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना रोकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उदयपुरको त्रियुगा नगरपालिकामा मतदान चल्दाचल्दै विवाद भएर मतदान प्रक्रिया नै रोकिएको थियो ।
बाजुराको बुढीगङ्गाा गाउपालिकामा भने मतगणना कार्यमा विवाद भएको थियो । निर्वाचन आयोगमा यी घटनाको बारेमा उजुरी आएको उहाँको भनाइ छ । आयोगले अव छिट्टै यस विषयमा आवश्यक निर्णय गर्ने प्रवक्ता शर्माले बताउनुभयो । केही दिनमा यी दुई पालिकाको विषयमा आयोगले निर्णय गर्ने उहाँले बताउनुभयो ।
‘मतदान र मतगणना रोकिएका यी दुई पालिकाबाट आयोगमा उजुरी आएको छ । आयोगले यी विवादलाई समाधान गरेर चाँडै समाधान गर्नको लागि वातावरण बनाउने कोसिस गर्दैछ,’उहाँले भन्नुभयो ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

