पश्नै–प्रश्न: चुनावका लागि परिचालित युवाहरुको उज्वल भविष्य निर्धारण गर्ने जिम्मेवारी तपाइहरुको होइन र ?
पाेखरा | मंसिर १, २०७९

पोखराः आगामी मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनमा मनोनयन दर्तापछि विभिन्न राजनैतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा जुटिरहेका छन् ।
निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी आमसभा तथा प्रचारप्रसार गर्न अनुमति दिएसँगै राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी सभामा जुटिरहेका छन् ।
यसैक्रममा प्रस्तुत छ, कास्की रुपा गाउँपालिका निवासी सुमन सुवेदीले उम्मेदवारहरुलाई सुनगाभा न्यूजमार्फत सोधेको प्रश्नः
–उम्मेदवार ज्यू मतदाताको घरघरमा पुग्दा शिक्षित युवाहरु कति वैदेशिक रोजगारीमा पलायन भए, कति बेरोजगार छन् कुनै लेखाजोखा छ ?
–तपाइको क्षेत्रका कति विद्यार्थीले स्नातकोत्तर गरेपछि हाल के गरिरहेका छन् भन्ने तथ्याङ्क राख्नुभएको छ ?
-चुनावकै लागि परिचालित युवाहरुको उज्वल भविष्य निर्धारण गर्ने जिम्मेवारी तपाइहरुको होइन र ?
काठमाडौं: सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीहरूबीच वार्तापछि ६ बुँदे सहमति भएको छ। बिहीबार अर्थ मन्त्रालयमा सम्पन्न छलफलमा सहमति जुटेसँगै व्यवसायीहरूले जारी आन्दोलन स्थगित गरेका छन्। सुनचाँदी व्यवस...
काठमाडौं: काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै छ । महानगरपालिकाका मेयर बालेन्द्र साहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक आह्वान गरेका हुन् । सो अघि बिहान ११ः०० बजे बजेट ...
गुल्मी: कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडकमाथिबाट ठूला चट्टानसहित प...