पोखरामा ९१ वर्षीय वृद्ध कुवर मतदानमा सहभागी(तस्बिर सहित )
काठमाडाैं | मंसिर ४, २०७९
पोखरा: पोखरामा ९१ वर्षीय वृद्ध मुसी कुवर प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी हुनु भएको छ ।
कास्कीमा बिहान चिसोका कारण अधिकांश मतदान केन्द्रमा मतदाता कम उपस्थिति रहेपनि अहिले उपस्थिति बढ्दै गएको तालबाराही मतदान केन्द्रका मतदान अधिकृत रामप्रसाद आचार्यले बताए ।
‘बिहान मतदाताको संख्या अलि कम थियो’ उनले भने, बिहान चिसो मौसलले होला मतदाताको संख्या कम नै थियो । अहिले मतदाताको उपस्थिति बढेको छ ।’
आज ( आइतबार) देशभर मतदान भइरहेको छ । कास्कीको तिन निर्वाचनमा क्षेत्रमामा तीनसय ४४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।
कास्कीबाट २ लाख ६४ हजार ४ सय ५६ मतदाताहरु निर्वाचनमा सहभागी हुदैछन् । जसमध्ये १ लाख ४० हजार ३ सय ६९ जना महिला, १ लाख २४ हजार ८३ जना पुरुष र अन्य ४ जना मतदाता रहेका छन् ।
हेरौं तस्बिरमा...








पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा शुक्रबार मात्रै ३ हजार भन्दा बढी पर्यटक भित्रिएप...
काठमाडौं: यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...
काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ । महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । &...

