काठमाडौं ८ मा हाम्रो नेपाली पार्टीका शैलेन्द्र निर्वाचित
काठमाडाैं | मंसिर ६, २०७९
                                
                            काठमाडौँ: प्रदेशसभाको सदस्यको लागि भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ (क) मा लौरो चिन्ह लिएर चुनावमा उत्रनुभएका हाम्रो नेपाली पार्टीका उम्मेदवार शैलेन्द्र बज्राचार्य निर्वाचित हुनुभएको छ । उहाँले पाँचहजार ४६२ मत लिनुभएको छ । निर्वाचन कार्यालयद्वारा उहाँ औपचारिक रूपमा विजयी हुन बाँकी छ ।
यस्तै, नेपाली काँग्रेसका उम्मेदवारले तीनहजार ६७०, सूर्य चिन्हका नेकपा (एमाले) का उम्मेदवारले तीनहजार ८१० र हलो चिन्ह भएको राप्रपाका उम्मेदवारले दुईहजार ९५५ मत प्राप्त गर्नुभएको छ ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...
गण्डकी: मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...
काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...
                    
