अल्पसङ्ख्यक समुदायका विद्यार्थीलाई उच्च शिक्षामा छात्रवृत्ति

कञ्चनपुर | जेठ ११, २०७९

अल्पसङ्ख्यक समुदायका विद्यार्थीलाई उच्च शिक्षामा छात्रवृत्ति

कञ्चनपुर:   कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले नगरभित्रका दलित र अल्पसङ्ख्यक समुदायका विद्यार्थीलाई कक्षा १० सम्म निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गर्नुभएको छ ।

 

आज पदभार ग्रहण गर्नुहुँदै उहाँले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउने बताउनुभयो । नगरभित्रका स्वास्थ्य संस्थाबाट अन्यत्र उपचारका लागि पठाउनुपर्ने सुत्केरी र अशक्त बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवासमेत प्रदान गर्ने निर्णय गरिएको छ ।

 

थारू समुदायको परम्परागत कालदेखि प्रचलनमा रहेको भल्मन्सा, वडघर प्रथालाई कानुन निर्माण गरी नगरसँग जोडिने छ ।

 

सामाजिक सुरक्षा भत्तालाई वडा तहमा वितरण गर्ने र नगरपालिकाभित्र रहेका भूमिहीन, दलित सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई  जग्गाधनी प्रमाणपत्र वितरण गर्ने निर्णयसमेत गर्नुभएको छ । 
 

पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...

थप पढ्नुहोस्

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्