गुल्मीको सत्यवतीमा जिप दुर्घटना, पाँच जनाको मृत्यु
गुल्मी | मंसिर ७, २०७९
गुल्मी: गुल्मीको सत्यवती गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । गए राति गुल्मीको रिडीबाट सत्यवती गाउँपालिका–३ तर्फ जाँदै गरेको लु२च ५३४० नंको जिप कुटडाँडा भन्ने स्थानमा दुर्घटना भाएको हो ।
दुर्घटनामा परी सत्यवती गाउँपालिका–३ का ५१ वर्षीय झलक सोमै, ५५ वर्षीया टीका राहडी, ४७ वर्षीय रनबहादुर सिंजापती, ३० वर्षीय मिलन तरामु र ४३ वर्षीया जमुना सोमै रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभएको छ ।
जिप दुर्घटनामा परी घाइते हुनेमा सोही ठाउँका कार्बोलिन सोमै, चेतमान सिंजाली, गीरबहादुर राहडी र खण्डन सोमै हुनुहुन्छ । दुर्घटना भएको जानकारी पाएपछि स्थानीयले उद्धार गरेका थिए । घाइतेलाई अहिले उपचारका लागि पाल्पातर्फ लगिँदै छ । घटनाको जानकारी पाएपछि रिडी र जोहाङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । गए राति २ः३० बजेको समयमा ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सुर्खेत: आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...
चितवन: पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...
पोखरा: फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ । उत्सवमा ३ वटा स...

