मतदाताप्रति हिमेशको आक्रोश: धादिङ कुनै पनि हालतमा काठमाडौं जस्तो हुन सक्दैन

धादिङ | मंसिर ७, २०७९

मतदाताप्रति हिमेशको आक्रोश: धादिङ कुनै पनि हालतमा काठमाडौं जस्तो हुन सक्दैन

काठमाडौं:   प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । केही कलाकार पनि चुनावी मैदानमा छन् । कमेडियन  हिमेश पन्त धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन् ।


मतगणना भइरहेको उक्त क्षेत्रमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले अग्रता बनाइरहेका छन् । हिमेश सुरुवातदेखि नै तेस्रो स्थानमा छन् । पछिल्लो मत परिणाम अनुसार उनी पाण्डेभन्दा ९ हजार भन्दा बढी मतले पछाडि छन् ।


मत परिणाममा पछि परेपछि पन्तले दूरदराजका मतदाताको चेतनास्तरमाथि नै टिप्पणी गरेका छन् ।


सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले राजमार्ग क्षेत्र र नगरपालिका क्षेत्रका मतदाता बुझ्ने भएपनि गाउँ र लेकका मानिसको चेतनास्तरमा सुधार नआएकाले आफूले कम पाएको टिप्पणी गरेका छन् ।


उनले लेखेका छन्, ‘हामी प्रचारप्रसारमा हिंड्दै गर्दा ‘जसले दिन्छ नोट, उसैलाई भोट’ भनेको पनि धेरै सुन्न पाइयो । कतिले त ‘भोट चाहिए रक्सी खुवाउनुस्’ सम्म भन्न भ्याए । धादिङ कुनै पनि हालतमा काठमाडौं जस्तो हुन सक्दैन ।’


देशका प्रमुख सहरी क्षेत्रमा रास्वपाले अग्रता लिइरहेका बेला आफू पछि परेपछि आक्रोश पोख्दै पन्तले विना संगठन आफूले सम्मानित मत पाएको बताएका छन् ।


उम्मेदवार पन्तको फेसबुक स्टाटस  

 

काठमाडौँ:  हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।   गण्डकी प्रदे...

थप पढ्नुहोस्

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् ।   भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...

थप पढ्नुहोस्

दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

थप पढ्नुहोस्