काठमाडौँ ६ अपडेट: रास्वपा खनालको अग्रता, एमाले खनाल पछि पछि
काठमाडाैं | मंसिर ७, २०७९
काठमाडौँ: काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायम राख्नुभएको छ ।आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा केहीबेर अगाडि ३१ हजार २४ मतगणना हुँदा उहाँले ११ हजार छ सय ३८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिनुभयो ।
यस्तै दोस्रोमा नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले छ हजार नौ सय ६५ मत प्राप्त गर्नुभएको छ भने तेस्रोमा नेपाली कांग्रेसका भीमसेनदास प्रधानले छ हजार सात सय ३७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत खनालले बताउनुभयो ।
उक्त क्षेत्रमा २४ उम्मेदवार प्रतिस्पर्धामा रहेकामा १३ विभिन्न राजनीतिक दलका र ११ जना स्वतन्त्र उम्मेदवार रहेको उक्त कार्यालयले जनाएको छ । काठमाडौँको बागबजारदेखि गोँगबु हुँदै काभ्रेस्थलीसम्म फैलिएको उक्त क्षेत्रको ७५ मतदान केन्द्रमा मतदान भएको थियो । बैसठ्ठी हजार एक सय दुई मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ३९ हजार ६६ मत खसेको थियो ।
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा शुक्रबार मात्रै ३ हजार भन्दा बढी पर्यटक भित्रिएप...
काठमाडौं: यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...
काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ । महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । &...

