काठमाडौँ ६ अपडेट:  रास्वपा खनालको अग्रता, एमाले खनाल पछि पछि

काठमाडाैं | मंसिर ७, २०७९

काठमाडौँ ६ अपडेट:  रास्वपा खनालको अग्रता, एमाले खनाल पछि पछि

काठमाडौँ:  काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायम राख्नुभएको छ ।आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा केहीबेर अगाडि ३१ हजार २४ मतगणना हुँदा उहाँले ११ हजार छ सय ३८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सम्झना खनालले  जानकारी दिनुभयो ।


यस्तै दोस्रोमा नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले छ हजार नौ सय ६५ मत प्राप्त गर्नुभएको छ भने तेस्रोमा नेपाली कांग्रेसका भीमसेनदास प्रधानले छ हजार सात सय ३७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत खनालले बताउनुभयो ।


उक्त क्षेत्रमा  २४ उम्मेदवार प्रतिस्पर्धामा रहेकामा १३ विभिन्न राजनीतिक दलका र ११ जना स्वतन्त्र उम्मेदवार रहेको उक्त  कार्यालयले जनाएको छ । काठमाडौँको बागबजारदेखि गोँगबु हुँदै काभ्रेस्थलीसम्म फैलिएको उक्त क्षेत्रको ७५ मतदान केन्द्रमा मतदान भएको थियो । बैसठ्ठी हजार एक सय दुई मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ३९ हजार ६६ मत खसेको थियो ।

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्