कास्की १ (क) को मतगणना रुपा गाउँपालिकाबाट सुरु

पाेखरा | मंसिर ७, २०७९

कास्की १ (क) को मतगणना रुपा गाउँपालिकाबाट सुरु

कास्की:   कास्की निर्वाचन क्षेत्र नम्बर १ (क) को मतगणना सुरु भएको छ ।  प्रदेश सभातर्फ कास्की क्षेत्र नम्बर १ (ख) को मतगणना सकिएसँगै रुपा गाउँपालिकाबाट १ (क) को मतगणना सुरु गरिएको हो ।
 

भर्खरै सम्पन्न प्रदेश सभा सदस्य तर्फ १ (ख) मा कांग्रेसका दीपक माइला गुरुङलाई पराजित गर्दै नेकपा एमालेका बेद बहादुर गुरुङ निर्वाचित भए । उनले १२ हजार ६ सय ६१ मत प्राप्त गर्दा दीपकले ११ हजार ७ सय ९४ मत पाएका थिए । 

 

प्रतिनिधि तर्फको मतगणना भने जारी छ ।

 

प्रदेश सभा सदस्यतर्फ १ (क) मा नेकपा एमालेका खगराज अधिकारी र नेकपा माओवादीका दीपक कोइराला प्रतिस्पर्धामा छन् ।

गलकोट:  निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् ।  निमार्णा...

थप पढ्नुहोस्

पोखरा:   डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ ।  ...

थप पढ्नुहोस्

काठमाडौं:   गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु। ७०० ले बढेको छ भने चाँदी प्रतितोला रु। पा...

थप पढ्नुहोस्