लमजुङमा पृथ्वीसुब्बा विजयी
लमजुङ | मंसिर ८, २०७९

लमजुङः लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुबा गुरुङ विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतान्तरले पछि पार्दै एमालेका पृथ्वीसुब्बा विजयी हुनुभएको हो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी पृथ्वीसुब्बाले ३४ हजार नौ सय ६९ मत प्राप्त गर्नुभएको छ । पराजित गुरुङले ३१ हजार सात सय ८१ मत प्राप्त गर्नुभएको छ ।
कूल एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकामध्ये ८० हजार एक सय ९२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
एमाले नेता पृथ्वीसुब्बा विसं २०६४ मा तत्कालीन लमजुङ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका दिलबहादुर घर्तीलाई हराउँदै विजयी हुनुभएको थियो । विसंं २०७४ मा लमजुङ प्रदेश ‘२’ बाट गुरुङ आठ हजार चार सय एक मतान्तरले विजयी हुनुभएको थियो । गुरुङले २३ हजार एक सय ८८ मत प्राप्त गर्दा प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइरालाले १५ हजार एक सय २२ मत प्राप्त गर्नुभएको थियो । नेता गुरुङ विसंं २०४८ यताका प्रत्येक संसदीय निर्वाचनमा सहभागी हुँदै आउनुभएको छ ।
पोखरा: पछिल्लो समय जन्मदिनमा तडकभडक नभई सामाजिक एवम् शैक्षिक क्षेत्रमा लगानी गर्नुपर्दछ भन्ने सोच बढेको छ । सो भावनाले प्रेरित भई यहाँका एक युवाले जन्मदिनको खर्च कटौती गरेर विद्यालयलाई सहयोग गरेर छन् । पोखर...
पोखरा: पोखरा महानगरपालिका वडा नं. २६ ले आयोजना गरेको डिजिटल प्रविधिमा आधारित ४५ दिने तालिम विहिबार सम्पन्न भएको छ । तालिमको समापन कार्यक्रममा बोल्दै अनुसन्धानकर्ता डा.सन्तोष कोइरालाले डिजि...
पोखरा: पोखरमा आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय कास्कीले तीन जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–४ स्थित सुनचाँदी पसलमा काम ग...