कास्की ३ः ‘२सय ३८’ मतसहित भुर्तेल आठौं
पाेखरा | मंसिर ९, २०७९
पोखराः कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा माओवादीका बागी उम्मेदवार अनिता भुर्तेलले २ सय ३८ मत प्राप्त गरेकी छिन् ।
कास्की ३ नेकपा माओवादीको भागमा परेसँगै गण्डकी प्रदेशका अर्थमन्त्री समेत रहेका रामजीप्रसाद बरालले टिकट पाएपछि भुर्तेलले बागी उम्मेदवारी दिएकी थिइन । भुर्तेलले पाएको मत परिणाम अनुसार उनी आठौं भईन् ।
भुर्तेलले स्वतन्त्र उम्मेदवारी दिएपछि नेकपा माओवादीका अध्यक्ष पुष्ष्कमल दाहाल प्रचण्ड र सत्ता गठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह अस्वीकार गरेका थिइन् ।
कास्की ३ मा प्रतिनिधिसभा सदस्यमा बराललाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागी निर्वाचित भएका छन् । निर्वाचित बैरागीले २२ हजार ९ सय ८० मत प्राप्त गरेको छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार बरालले १७ हजार ५ सय ३५ मत प्राप्त गरे ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

