एभरेष्ट एफएमले मानवसेवा आश्रम पोखरामा ‘एभरेष्ट कक्ष’ निर्माण गर्ने, पहिलो किस्ताबापत एक लाख हस्तान्तरण

पाेखरा | मंसिर १२, २०७९

एभरेष्ट एफएमले मानवसेवा आश्रम पोखरामा ‘एभरेष्ट कक्ष’ निर्माण गर्ने, पहिलो किस्ताबापत एक लाख हस्तान्तरण

पोखरा:    कास्कीको पोखरामा रहेको एभरेष्ट एफएमले मानवसेवा आश्रम पोखराको भवन निर्माणका लागि सहयोगको घोषणा गरेको छ । 


एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमको हालै सम्पन्न दोश्रो वार्षिकोत्सवका अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रममा ‘एभरेष्ट कक्ष’ नै निर्माण गर्नेगरी सहयोगको घोषणा गरेको हो ।


एमफएमले एक कोठा निर्माणका लागि ५ लाख ११ हजार १११ रुपैयाँ दिने प्रतिबद्धता जनाएको आश्रमका केन्द्रिय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार सो रकममध्य एफएमले पहिलो किस्ता स्वरुप रु एक लाख एक रुपैयाँ  हस्तान्तरण गरिसकेको छ । एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले आश्रमका कोषाध्यक्ष तिमिल्सिनालाई सो रकम हस्तान्तरण गर्नुभएको हो । 


आश्रमले बेसहारा, बेवारिसे तथा अभिभावकविहिन सडकआश्रित मानवहरु राख्नका लागि पोखरामा भवन निर्माण गरिरहेको छ । गुरुङले सडकआश्रित मानवहरुका लागि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।


यसअघि एफएमको शुभारम्भका अवसरमा २०७७ सालमा पनि रेडियोले मानवसेवा आश्रम पोखरालाई रु एक लाख ८ हजार ८४८ सहयोग गरेको थियो । यस्तै एफएमका प्रमोटर तथा सिटिजन फर्निचर ट्रेड लिंकका प्रोप्राइटर दीपक कार्कीले पनि रेडियोको परोपकारी कामबाट प्रभावित भई मानवसेवा आश्रमका लागि थप अर्को एउटा कक्ष निर्माण गर्ने घोषणा गर्नुभएको छ । पोखरा महानगरपालिका २५ हेम्जास्थित बाबियातरामा सञ्चालित आश्रमको अहिले भवन निर्माणाधिन अवस्थामा छ । 


यसैबीच आश्रमको भवन निर्माण सम्पन्न गर्न र अक्षयकोष श्रीवृद्धिका लागि पोखरामा आउँदो पुष १२ गते चर्चित व्याण्डको ‘नेपथ्य लाईभ कन्सर्ट’ हुँदैछ । ‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुनेछ ।
 

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्