प्रतिभा माविमा स्पोर्टस् मीट सुरु, अन्तरसदनात्मक प्रतिष्पर्धा हुने
पाेखरा | मंसिर १३, २०७९
पोखरा: पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको स्पोर्टस् मीट २०७९ को औपचारिक शुभारम्भ मंगलबार गरिएको छ । मंसीर २१ गतेसम्म चल्ने स्पोर्टस् मिटमा अन्तरसदनात्मक प्रतिष्पर्धा हुनेछ । हरियो, रातो, पहेंलो र निलो सदन गरी सञ्चालन हुने खेलकुद कार्यक्रममा विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न खेलहरुमा प्रतिष्पर्धा गर्नेछन् ।
मंगलबार एक समारोहका बीच विद्यालयका डाईरेक्टर किरण सापकोटा, प्रिन्सिपल विश्वगोपाल पराजुलीले विद्यालयका खेलकुद शिक्षक लिला गुरुङलाई बल हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
निर्देशक सापकोटाले गुणस्तरीय शिक्षामा मुलुककै अग्रणी विद्यालयमा स्थापित भइसकेको उल्लेख गर्दै प्रतिभाको गर्विलो ईतिहासले यस क्षेत्रमै शैक्षिक शानका रुपमा विद्यालय अघि बढेको बताए । प्रतिभाले खेलकुद तथा रचनात्मक गतिविधिमा पनि अग्रपंक्तिमा उभ्याएको उनको भनाइ छ ।
प्रिन्सिपल विश्वगोपाल पराजुलीले सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक ज्ञानमा विद्यालयले जोड दिएको उल्लेख गर्दै मानव स्वास्थ्यका लागि महत्वपूर्ण खेलकुद क्षेत्रलाई पनि विद्यालयले उत्तिकै प्राथमिकता दिएको बताए ।
विद्यालयका अतिरिक्ति क्रियाकलाप प्रमुख प्रकाश अधिकारीका अनुसार स्पोर्टस् मीटमा छात्र र छात्राहरुका बीच अन्तर सदनात्मक रुपमा बास्केटबल, भलिबल, फुटबल, दौड लगायतका खेल हुनेछन् । प्राप्त अंकका आधारमा विजेता घोषित गरी आकर्षक पुरस्कारका साथ पुरस्कृत गरिने उनले बताए ।
प्रिन्सिपल विश्वगोपाल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीले गरेका थिए भने स्वागत भाइस प्रिन्सिपल बुद्धिमोहन पौडेलले गरेका थिए
विद्यार्थी तथा खेलाडीहरुको मनोबल उच्च बनाउनका साथै बालबालिकाका प्रतिभालाई प्रस्फुटन गर्न विद्यालयले आर्थिक सहयोग समेत गर्दै आएको छ । सन्दिप लामिछाने, अरुणा शाही जस्ता प्रतिभालाई जनही एक लाखले सम्मान गरिसकेको छ । मानवीय विपद, सामाजिक सेवामासमेत विद्यालय अग्रपंक्तिमा छ । प्रतिभा गुणस्तर मापन आइएसओ प्राप्त विद्यालय पनि हो ।
पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

