डा.तीर्थ श्रेष्ठलाई षडानन्द राष्ट्रिय पुरस्कार
काठमाडाैं | मंसिर १३, २०७९

काठमाडौं: समाज सुधारक षडानन्दको १८८औँ जयन्तीका अवसरमा विभिन्न व्यक्ति र संस्थालाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । १५औँ स्थापना दिवसका अवसरमा आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान काठमाडौँले षडानन्द राष्ट्रिय पुरस्कार, राष्ट्रिय समाज सेवा पुरस्कार, षडानन्द क्षेत्रीय पुरस्कार क्रमशः वनस्पतिविज्ञ डा तीर्थबहादुर श्रेष्ठ (ललितपुर), परोपकार संस्था (काठमाडौँ) र दुर्गाप्रसाद अधिकारी (भक्तपुर) लाई अर्पण गरेको हो ।
पुरस्कारको राशि क्रमशः रु एक लाख, एकाउन्न हजार र एकाउन्न हजार रहेको छ । परोपरकार संस्थाका अध्यक्ष हितकरवीर सिंह कंसकारले पुरस्कार ग्रहण गर्नुभएको थियो । त्यसैगरी, सोमप्रसाद खतिवडालाई रु ३५ हजार राशिसहितको विद्वत्वृत्ति सम्मान प्रदान गरियो ।
सो अवसरमा प्रतिष्ठनलाई आर्थिक सहयोग गर्नुहुने प्रा डा बद्री विशाल भट्टराई (भक्तपुर), इन्दुकुमारी घले गुरुङ (काठमाडौँ), डा. रुपनारायण श्रेष्ठ (काठमाडौँ) र वीरबहादुर बस्नेत(मोरङ) लाई दाता सम्मान प्रदान गरिएको थियो । वरिष्ठ शिक्षाविद् प्रा। डा सुरेशराज आचार्य र प्रतिष्ठानका अध्यक्ष प्रा। चेतोनाथ गौतमले उहाँहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो ।
सो अवसरमा प्रा डा सोमप्रसाद खतिवडाद्वारा लिखित ‘ब्रह्मचारी षडानन्दले प्रारम्भ गरेका सांस्कृतिक परम्परा’ कृतिको लोकार्पणसमेत गरिएको थियो । सो अवसरमा प्रा डा सुरेशराज आचार्य, पुरस्कृत व्यक्तिहरु डा तीर्थबहादुर श्रेष्ठ, दुर्गाप्रसाद अधिकारी, हितकरवीर सिंह कंसकारलगायतले शिक्षासेवी बालागुरु षडानन्दको व्यक्तित्व र समाज सुधार तथा शिक्षा क्षेत्रमा पु¥याउनुभएको योगदानबारे चर्चा गर्नुभएको थियो ।
पिता लक्ष्मीनारायण अधिकारी र माता रुक्मिणी अधिकारीको छोराको रुपमा विक्रम सम्वत १८९२ मा मङ्सिर शुक्ल पञ्चमीको दिन भोजपुरको दिङ्लामा जन्मुनुभएका षडानन्दको निधन विक्रम सम्वत् १९७३ मा काठमाडौँको पचली घाटमा भएको थियो ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...
विराटनगर: दुई दिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले सबैभन्दा ठूलो मानवीय क्षति इलाममा पुर्याएको छ । कोशी,बाग्मती र मधेश तीनवटा प्रदेशका जिल्लाहरु बाढी पहिरोबाट अत्यधिक प्रभावित छन् ...
काठमाडौं: अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था सरकारले गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आजको मन्त्रिपरिषद बैठकबाट सो ...