सांसद भट्टराईद्वारा प्रतिष्पर्धी उम्मेदवारसँग सुझाब ग्रहण

पाेखरा | मंसिर २०, २०७९

सांसद भट्टराईद्वारा प्रतिष्पर्धी उम्मेदवारसँग सुझाब ग्रहण

पोखराः मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यमा  नेकपा (एमाले) को तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्बर २ का नबनिर्बाचीत सांसद बिद्या भट्टराईले सो पदका  प्रतिस्पर्धी हरू उम्मेदवारहरू सङ्ग भेटघाट तथा सुझाव ग्रहण गर्नु भएको छ। 


प्रतिष्पर्धी मध्ये बाम लोकतान्त्रिक गठबन्धनका श्रीनाथ बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका माधब प्रसाद कँडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुबर्ण राज पन्त सहित नेकपा एमाले कास्की क्षेत्र नम्बर २ निर्बाचन परिचालन कमिटी का संयोजक तथा जिल्ला कमिटी कार्यबाहक अध्यक्ष तेजनारायण अधिकारी र राप्रपाका नेता हरि बराल सङ्ग आज अनौपचारिक छलफल सम्पन्न  गर्नु भएको उहाँको निजि सचिबालयले जनाएको छ।


सो अबशरमा प्रतिष्पर्धी उम्मेदवारहरूले  बिकासको प्रभावकारी अनुगमन, सरकारी अस्पतालहरुको स्तरोन्नति, कम्तिमा बर्षको एकपटक सबै नागरिकको स्वास्थ्य परीक्षण (Whole Body checkup) सम विकासको अबधारणा मार्फत शिक्षा क्षेत्रको सुधार, पोखरालाइ पर्यटकिय राजधानी घोषणा गरेर पोखराको समृद्धि मा जोड दिने र प्रभावकारी नीति निर्माणमा संसदमा सकृय रहनका लागि सुझाव दिनुभएको छ।


भेटका अबसरमा सबैका सुझाब सहित समृद्धिको  साझा लक्ष्य प्राप्त गर्न आगामी दिनमा जनप्रतिनिधिका हिसाबले  प्रभावकारी रुपमा कास्की क्षेत्र नं २ र समग्र कास्कीको विकासका लागि यस प्रकारका छलफलहरु महत्त्वपूर्ण हुने र यी भेटघाट नियमित गरि सुझाव निरन्तर ग्रहण गर्ने  भट्टराईले उल्लेख गर्नुभएको छ। साथै सो अबसरमा  भट्टराईलेव सबै प्रती हार्दिक आभार समेत प्रकट गर्नुभएको छ।

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्