बेनेलीको एक्सक्लुसिभ शोरुम पोखरामा पनि

पाेखरा | मंसिर २०, २०७९

बेनेलीको एक्सक्लुसिभ शोरुम पोखरामा पनि

पोखरा:  बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले सोमबार पोखराको नयाँ बजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर खोलेको छ। 


बेनेलीले आफ्ना ग्राहकहरूको पहुँच बढाउन नेपालभर विभिन्न स्थानहरूमा शोरुमहरू खोल्ने प्रयास जारी राखेको बताएको छ।


अहिले नेपालको विर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन्।


पोखरामा नयाँ शोरुम १८ सय वर्गफुटमा निर्माण गरिएको छ जसमा ५० वर्गफुट स्पेयर पार्ट्स र १५ सय वर्गफुट सर्भिस सेन्टरको लागि व्यवस्थापन गरिएको बताइएको छ। 


यो शोरुममा ३ एस सुविधा सम्पन्न रहेको छ र यहाँ सबै नयाँ बेनेली मोटरसाइकलहरू उपलब्ध हुने कम्पनीले बताएको छ। 


पोखरामा नयाँ शोरुम खोलेसँगै ग्राहकहरूलाई थप उपलब्धता र गतिशीलता प्रदान गर्ने कम्पनीको विश्वास छ।


बेनेलीले नयाँ शोरुमको उद्घाटनको उपलक्ष्यमा ३० हजार रुपैयाँ छुट, एक्सचेन्जमा न्यूनतम मूल्यांकन ४० हजार न्यूनतम डाउन पेमेन्ट  ६० हजार र ५० प्रतिशत डाउन पेमेन्टको साथ फाइनान्सिङमा ० ब्याजदर प्रदान गर्ने बताइएको छ। 


साथै, विद्यमान ग्राहकहरूका लागि बेनेलीले निःशुल्क वाश, श्रम शुल्कमा ५० प्रतिशत छुट र लुब्रिकेन्टमा १५ प्रतिशत छुट समावेश गर्ने सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ। 


बेनेली एक इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड हो जुन १९९१ मा स्थापित भएको हो र यसले प्रिमियम, बीग–बोर, स्पोर्टस्, र नेकेड बाइकहरू निर्माण गर्छ जुन बलियो र स्पोर्टी दुवै छ। 


यो इटालीको सबैभन्दा पुरानो मोटरसाइकल उत्पादक मध्ये एक हो। 


नेपाली बजारमा टिएनटी १३५, टीएनटि १५, पनेरा १२५, टिएनटी १५० आई, १८० एस, १८० एस नियोन, ३०२ एस, ३०२ एस नियोन, टिआरके २५१, ६०० आई र ७५२ एस मोडलहरू उपलब्ध छन्। 


यी मोडलहरू नेकेड, कम्युटर, स्कुटर र टुरिङ विधाका रहेका कम्पनीको भनाइ छ। 

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्