पोखरा महोत्सवका ६० प्रतिशत स्टल बुकिङ
पाेखरा | मंसिर २१, २०७९
पोखरा: पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौ संस्करणको पोखरा महोत्सवको ६० प्रतिशत स्टल बुकिङ भएको छ । युनाईटेड क्लवको आयोजनामा आगामि पुषको २७ देखि माघको ९ गते सम्म अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवका लागि स्टल खुल्ला गरिएको दोश्रो दिनमा ६० प्रतिशत स्टल बुकिङ सम्पन्न भएको महोत्सव स्टल ब्यवस्थापन उपसमिति संयोजक सिमा गुरुङले जानकारी दिइन ।
महोत्सवमा २ सय ५९ वटा स्टल रहेको र त्यसको ६० प्रतिशत बुकिङ भइसकेको गुरुङले वताइन । महोत्सवमा ब्यवशायिक स्टल बाहेक ६ वटा स्टल पर्यटन प्रवद्र्धनका लागि निशुल्क गरिएको छ (जहां ग्रामिण पर्यटन पर्वद्धन गर्ने गरी स्टल राख्न सकिनेछ)। त्यसैगरी महोत्सवमा १२ वटा रेष्टुरेण्ट र अन्य ब्यवशायिक स्टलहरु हस्तकला, अटो, कृषि उपज तथा उत्पादन लगायतका स्टलहरु रहने छन ।
स्थापना कालदेखी पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी, सेतीनदी संरक्षण र विपद ब्यवस्थापनको क्षेत्रमा युनाईटेड क्लवले काम गर्दै आइरहेको छ ।
जस अनुरुप युनाईटेड क्लवको पहलकदमीमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३०, ३१ र ३२ मा हाल चिडियाखाना निर्माणाधिन अवस्थामा रहेको छ भने त्यसको पूर्ण स्वामित्व गण्डकी प्रदेशले लिइ जिल्ला डिभिजन वन कार्यालय कास्की र चिडियाखाना निर्माण समिति मार्फत निर्माण कार्य अगाडि वढिरहेको छ । हाल सम्म चिडियाखाना निर्माणमा युनाईटेड क्लवले ५८ लाख ८५ हजार रुपैया प्रदान गरिसकेको क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...
पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ । बुद्धटोल ...
जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

