सुदुरको ब्राण्ड ‘अम्खोरा’ बेच्दै व्यापार मेलामा मनिराज
सुदुरपश्चिममा विजयसालको अम्खोरा मायाको चिनो दिने प्रचलन
पाेखरा | मंसिर २२, २०७९

पोखरा: पोखरामा महोत्सवका मिति सार्वजनिक भइरहेका छन् । यसैबीच पोखराकै जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरा ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा समृद्ध स्टिल्स् राष्ट्रिय व्यापार मेला मंसिर १६ देखि जारी छ ।
आगामी पुष ७ गतेदेखि १८ गतेसम्म लेखनाथ महोत्सव पोखरा महानगरपालिका २७ स्थित तालचोकमा आयोजना हुदैछ ।
त्यस्तै अंग्रेजी नयाँ वर्षको स्वागतार्थ रेवान पोखरा लेकसाइडमा पुष १३ देखि १७ गतेसम्म हुने सडक महोत्सवको तयारीमा जुटेको छ । भने पोखराको अन्तिम महोत्सवका रुपमा युनाइटेड क्लबले पोखरा महोत्सव आयोजना गर्छ । जुन ११ औं संस्करणको महोत्सव पुष २७ देखि माघ ९ गतेसम्म अमरसिंह चोरमा सञ्चालन हुनेछ ।
यसरी पोखरामा वर्षेनी मेला र महोत्सव गरि दर्जनौको सँख्यामा आयोजना हुने गर्छ । सो मेलाहरुको उद्देश्य भनेको स्थानीय उत्पादनको विक्री वितरण तथा प्रवद्र्धन गर्नु हो । त्यसैले देशका विभिन्न भूभागबाट व्यापारीहरुको जमघट हुन्छ ।
यसप्रकारका मेलाहरुमा व्यवासायिक प्रवद्र्धनसँगै हाँस्यव्यङ्ग्यसहित मनोसञ्जनका कार्यक्रमहरुपनि समावेश हुन्छ । तर पोखराको नयाँबजारमा जारी व्यापार मेलामा मनोरञ्जन भन्दा व्यापारलाई बढी प्राथमिकता दिएको छ ।
मेलामा डोमतर्फ ७८, अटोका ४५ र अन्य विभिन्न खालका १ सय २० गरी करिब २ सय ५० स्टल निर्माण भएका छन् ।
अटोमोवाइल्सका स्टलबाट सुरु हुने स्टल अन्तिममा चमेनागृहमा पुगेर टुङ्गिन्छ । सोही स्टलहरुमध्येको ३५ नम्बरमा एक अधबैशे भेटिन्छन् । उनी सुदुरपश्चिम प्रदेशका ५० वर्षिय मनिराज भट्ट हुन् । भट्ट र राष्ट्रिय व्यापार मेलाको सम्बन्ध पुरानो हो ।
उनलाई १८ वर्षे सम्बन्धले औद्योगकि व्यापार मेलामा तानिरहन्छ । ‘म २०६१ सालदेखि यो महोत्सवमा निरन्तर जोडिएको छु । मलाई पुरानो सम्बन्धले तान्यो, सुनगाभा न्यूजसँग भने, ‘पहिलेजस्तो अहिले त्यती व्यापार भएन । अरुबेलाजस्तो खासै मान्छे छैनन् । खै प्रचारप्रसार नभएरहोकी किन हो कुन्नी ।’
भट्ट विजयसालबाट (एक प्रकारको वनस्पती) बनाइएका अम्खोरा र गिलास बेच्न भीमदत्त नगरपालिका कञ्चनपुरदेखि पोखरा आइपुगेका हुन् । ‘विजयसालको अम्खोरा’ सुदुरपश्चिमको ब्राण्ड हो । जुन बहुउपयोगी तथा लोपउन्मुख वनस्पतिबाट बन्छ ।
कलात्मक ढंगबाट बनाइएका अम्खोरा र गिलास नकिनेपछि प्राय मेलामा पुग्नेहरुले त्यसबारे बुझेर फर्कक्छन् ।
भट्टका अनुसार उक्त गिलास वा अम्खोरामा बेलुकी पानी राखेपछि अर्काेदिन बिहान पानीको रंग बदलिन्छ । त्यो पानी पिउदा पेट र पिसाब सफा हुने, मधुमेह, ग्यास्ट्रिक, अल्सर, जन्डिस, कब्जियत लयायतका रोगहरु ठीक हुने विश्वास रहेको छ ।
‘विजयासाल कञ्जनपुर आसपासमा पाईने प्रख्यात वनस्पति हो, तराइका फाँटहरुमा चुरेफेद, समथर भू–भागमा यो वनस्पति पाइन्छ, भट्टले भने, ‘प्राकृतिक जडीबुटी मध्येको बहुउपयोगी आयुवेर्दिक औषधिको रुपमा नेपाली समाजमा चलेको छ । यस वनस्पतिबाट बनेको साम्रागीमा पानी पिउँदा औषधीको काम गर्ने विश्वास छ ।’
उनको स्टलमा सो वनस्पतीबाट बनेको विभिन्न आकारका अम्खोरा र गिलास छन् । भट्टले आकार अनुसार १ हजार देखि २ हजार सम्मको मुल्यमा गिलास विक्री गरिरहेको बताए । ‘अहिले मेरोमा गिलास र अम्खोरा मात्रै छ । सानाको हजार पर्छ अनि ठुलो साइजको २ हजारसम्म पर्छ ।’ उनले भने ।
उनले आफ्नो प्रदेशमा विजयसालबाट बनेको सामानहरुको लोकप्रियता बढ्दो रहेको बताए । ‘यहाँ पनि विजयसालको बारेमा बुझ्नेहरुले किन्नु हुन्छ । हाम्रो प्रदेशतिर यो वनस्पतीबाट बनेको सामानहरुलाई ठुलो ठुलो कार्यक्रममा पनि मायाको चिनोकै रुपमा दिने चलन छ । यसको बहुउपयोगिता छ ।’ उनले भने ।
देशका विभिन्न मेला महोत्सवमा आफ्नो उत्पादन विक्री वितरण गर्दै हिडेका भट्टको कञ्चनपुरमा ‘भट्ट मेरिट काष्ठ उद्योग’ सञ्चालनमा रहेको छ ।
पोखरा: रेस्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल रेवान पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको प्राविधिक सहयोगमा एक दिने रेष्टुरेण्ट तथा ह...
पोखरा: पोखरा महानगरपालिका वडा नम्बर १२ ले चालू आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाइ गरेको छ । वडा कार्यालयले प्रदान गर्ने सेवा प्रवाह र विकास निर्माणका विषयमा जानकारी दिने र सेवाग्राही...
गण्डकीः कास्कीको मादी गाउँपालिका-१ स्थित कफुचे(कोरी पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै कोरी जाने पदमार्गको स्तरोन्नति अघि बढाइएको छ । मादमे खोला जलविद्युत् आयोजनाको रु ३० लाखको सहयोग एवं मादी गाउँ...