गण्डकी प्रदेश सभामा राप्रपा 'इन', बन्यो चौथो शक्ति

पाेखरा | मंसिर २२, २०७९

गण्डकी प्रदेश सभामा राप्रपा 'इन', बन्यो चौथो शक्ति

पोखराः  आसन्न निर्वाचनको पुरै परिणाम नआइसकेपनि गण्डकी प्रदेशको नतीजा भने छिनोफानो भइसकेको छ ।  यसपटकको परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेशसभामा समानुपातिकतर्फ २ सिटकासाथ प्रवेश गर्दैछ ।

 

प्रत्यक्षतर्फ कुनैपनि सिट नजिते पनि समानुपातिक मतको आडमा अब राप्रपाका सांसदलाई प्रदेश सभामा देख्न पाइनेछ ।  प्रदेश सभामा राप्रपा चौथो शक्तिकारुपमा प्रवेश गर्दा यसपटक राष्ट्रिय जनमोर्चा भने ओझेल परेको छ । 

 

प्रदेशमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ स्थानमा जीत हात पार्दा समानुपातिकबाट ९ सांसद थप्दैछ । दोस्रो स्थानमा नेकपा एमालेले प्रत्यक्षबाट १२ र समानुपातिकमार्फत १० सिट पाएको छ । 

 

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रत्यक्षमा ५ र समानुपातिकतर्फ ३ सहित ८ सिट हात पारेको छ । केही दिनसम्म शून्यको अवस्थामा रहेको नेकपा एसले स्वतन्त्र उम्मेदवारी दिएर जितेका राजीव गुरुङ्लाई पार्टी

 

प्रवेश गराएपछि १ सदस्यकासाथ आफुलाई पाँचौमा पार्न सफल भएको छ । 

 

राप्रपाले प्रदेशमा समानुपातिकतर्फ ५९ हजार ४८३ मत प्राप्त गरेको छ । उक्त मत प्रदेशमा ६ प्रतिशत हो । 

काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ ।   पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...

थप पढ्नुहोस्

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।   कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

थप पढ्नुहोस्