गण्डकी प्रदेश सभामा राप्रपा 'इन', बन्यो चौथो शक्ति

पाेखरा | मंसिर २२, २०७९

गण्डकी प्रदेश सभामा राप्रपा 'इन', बन्यो चौथो शक्ति

पोखराः  आसन्न निर्वाचनको पुरै परिणाम नआइसकेपनि गण्डकी प्रदेशको नतीजा भने छिनोफानो भइसकेको छ ।  यसपटकको परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेशसभामा समानुपातिकतर्फ २ सिटकासाथ प्रवेश गर्दैछ ।

 

प्रत्यक्षतर्फ कुनैपनि सिट नजिते पनि समानुपातिक मतको आडमा अब राप्रपाका सांसदलाई प्रदेश सभामा देख्न पाइनेछ ।  प्रदेश सभामा राप्रपा चौथो शक्तिकारुपमा प्रवेश गर्दा यसपटक राष्ट्रिय जनमोर्चा भने ओझेल परेको छ । 

 

प्रदेशमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ स्थानमा जीत हात पार्दा समानुपातिकबाट ९ सांसद थप्दैछ । दोस्रो स्थानमा नेकपा एमालेले प्रत्यक्षबाट १२ र समानुपातिकमार्फत १० सिट पाएको छ । 

 

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रत्यक्षमा ५ र समानुपातिकतर्फ ३ सहित ८ सिट हात पारेको छ । केही दिनसम्म शून्यको अवस्थामा रहेको नेकपा एसले स्वतन्त्र उम्मेदवारी दिएर जितेका राजीव गुरुङ्लाई पार्टी

 

प्रवेश गराएपछि १ सदस्यकासाथ आफुलाई पाँचौमा पार्न सफल भएको छ । 

 

राप्रपाले प्रदेशमा समानुपातिकतर्फ ५९ हजार ४८३ मत प्राप्त गरेको छ । उक्त मत प्रदेशमा ६ प्रतिशत हो । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्